२०२५ को मध्यसम्म १ मिलियन सिरियाली शरणार्थीहरू स्वदेश फर्किन सक्छन्ः संयुक्त राष्ट्र शरणार्थी एजेन्सी

पढ्न लाग्ने समय :

संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसिआर) मध्यपूर्व र उत्तर अफ्रिकाका लागि निर्देशक रेमा जामुस इम्सेइसले जनवरी र जुन २०२५ बीच लगभग १ मिलियन सिरियाली शरणार्थीहरू आफ्नो मातृभूमि फर्कन सक्ने बताउनुभएको छ ।
जेनेभामा भएको पत्रकार सम्मेलनमा इम्सेइसले हालैका घटनाक्रमले सिरियामा जारी मानवीय संकटको समाधानका लागि ठूलो आशा ल्याएको बताउनु भयो । शासन परिवर्तनको अर्थ चलिरहेको संकटको अन्त्य नभएको बताउनु भयो ।