हेल्मेट नलगाई मोटरसाइकल कुदाउने मुख्यमन्त्री शाहलाई पाँच सय जरिवाना

Thursday July 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : हेल्मेट नलगाई ट्राफिक नियमविपरीत मोटरसाइकल चलाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह जरिवानाको भागीदार भएका छन । ट्राफिक नियम उल्लङ्घन गरेको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उनलाई पाँच सय जरिवाना तिराएको हो ।

खुट्टामा समस्या भएका कारण मुख्यमन्त्री शाह केही समययता ‘वाकर’ को सहारामा हिँडडुल गर्दै आएका थिए। तर, सरकारी निवासको परिसर भित्र उनले हेल्मेट नलगाई बुलेट मोटरसाइकल कुदाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी टीकाटिप्पणी सुरु भएको थियो ।

मुख्यमन्त्री शाहकै स्वकीय सचिवले उक्त भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो । कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने उदाहरण प्रस्तुत गर्दै मुख्यमन्त्री शाहले आफूबाट गल्ती भएको स्वीकार गरी ट्राफिक प्रहरीले काटेको जरिवाना बापतको रकम बुझाएको बताए।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको