हिमाल नाङ्गिएकोप्रति देउवाको चिन्ता, सामुदायिक सचेतना अभियान सञ्चालन गर्न आग्रह

Monday February 17, 2025

पढ्न लाग्ने समय :


नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी काँग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गर्नुभएको हो । उहाँले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरु कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरुले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘वास्तवमा नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरुप फरक फरक देखिन्छ । गैरसकारी संस्थाहरुप्रतिको समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अंगीकार गरी सरकारको सहयोगीको रुपमा काम गर्ने संस्थाहरु हुन् । यि संघसंस्थाहरु भित्र पनि सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ । हाम्रा हिमालहरु नाङ्गिरहेका छन् । गैरसरकारी संस्थाहरुले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि नीतिगत पैरवी गर्न आवश्यक छ । अहिले क्लाइमेट चेन्जले पनि धेरै समस्या पारेको छ । यस सम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु ।’

सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरुले खेलेको भुमिका प्रशंसनीय रहेको बताउनु भयो । मानव अधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसकारी संस्थाहरुले प्रभावकारी काम गर्दै आएको बताउनु भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि