‘सुशासनको वेग रोक्दैनौँ, प्रतिशोधको अध्याय दोहोरिने छैन’

Thursday April 2, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको अध्याय अब नदोहोरिने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै प्रतिपक्षीमाथि अहंकार रास्वपाले नगर्ने बताए ।
उनले भने, ‘प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार हुने छैन। अब अन्यायपूर्ण विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनाऔँ भनेर कसैको माइक काटिने छैन। संसदीय समितिहरूमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन, तर सुशासनको वेग भने रोकिने छैन ।’
उनले सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने गैरजिम्मेवार र सस्तो खेल अब नहुने बताए ।
उनले थपे, ‘नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वैच्छिक रूपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिनुहुन म अपिल गर्न चाहन्छु। हाम्रो नैतिक जिम्मेवारी उस्तै छ। अब सावित गर्नु छ कि हामीलाई केवल प्रश्न सोध्न मात्र आउँदैन, उत्तर दिन पनि आउँछ। समस्या देखाउन मात्र होइन, समाधान खोज्न पनि आउँछ।’
प्रतिपक्ष दलहरूलाई आफूहरूमाथि चौबीसै घण्टा निगरानी गरिदिन आग्रह गरे । उनले भने, ‘शासनमा तपाईँहरूको लामो अनुभव छ, हाम्रा कमजोरी उजागर गरिदिनुहोला, गल्ती देखाइदिनुहोला। यदि हामीले बाटो बिरायौँ भने सच्चाइदिनुहोला। यदि हामी जनताबाट टाढा हुन खोज्यौँ भने हामीलाई जनताको आवाज सम्झाइदिनुहोला । हामीबाट अहंकार नबढोस्, हामीमा कुनै अहंकार नछाओस्। हाम्रा निर्णयहरू एकतर्फी नहुन्। लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष प्रतिस्पर्धी मात्र होइनन्, एक अर्काका पूरक पनि हुन् ।’


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको