सुदूरपश्चिम सरकार ‘मुख्यमन्त्री लघु उद्यम कार्यक्रम’ सञ्चालन गर्ने

Tuesday June 2, 2026

पढ्न लाग्ने समय :


धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका ६ ओटा स्थानीय तहमा मुख्यमन्त्री लघु उद्यम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा बैतडीका दुईसहित उच्च गरिबी दर भएका ६ ओटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।
बैतडीको सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका, अछामको ढकारी गाउँपालिका र कमलबजार नगरपालिका, डोटीको शिखर नगरपालिका र बाजुराको त्रिवेणी नगरपालिकामा कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रममार्फत रोजगारी सिर्जना गरि बढ्दो जनशक्ति पलायनलाई रोक्ने लक्ष्य लिइएको प्रदेश सरकारले जनाएको छ । शिक्षा, स्वास्थ्य र पोषण कार्यक्रमसँग आवद्ध गरि उच्च गरिबी दर भएका पालिकाहरुमा सघन रुपमा कार्यक्रम सञ्चालन गरि नागरिकको जीवनस्तरमा सुधार ल्याइने प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।