सुदूरपश्चिम चलचित्रका कथाका लागि अझै ‘भर्जिन’

Wednesday July 1, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम चलचित्रका कथाका लागि अझै भर्जिन रहेको चर्चा गरिएको छ। धनगढीमा जारी चलचित्र क्षेत्रका विशेषज्ञहरूसँग चलचित्र विकास तथा नियमन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सुदूरपश्चिमका कथाहरू चलचित्रको माध्यमबाट बाहिर आउन बाँकी रहेको बताएका हुन्।

सुदूरपश्चिमका कथा, कला, संस्कृती, प्राकृतिक क्षेत्र, पर्यटकीय क्षेत्र, इतिहाँशिक तथा पुरात्वत्तिक क्षेत्रहरू चलचित्रको माध्यमबाट विश्व जगतमा पुग्नुपर्नेमा उनीहरूको जोड रहेको छ।

निर्माता संघका अध्यक्ष उदय सुब्बाले पूर्वी नेपालका कथाहरू र ठाउँहरू चलचित्रमा धेरै आएपनि सुदूरपश्चिमका विषय बस्तुमाथि खासै चलचित्र नबनेका बताएका छन्। पूर्वी नेपालका कथाहरू सकिएका चर्चा गर्दै सुब्बाले पश्चिमका कथाहरू चलचित्रमा समावेश गर्ने बताएका छन्। उनले भने, सुदूरपश्चिम चलचित्रका कथाका लागि भर्जिन छ। सुदूरपश्चिमका कथाहरू आउन बाँकी रहेका छन्। सुदूरपश्चिम घुम्न आउने सोच बनाएको छु। विराज भट्ट यतैको हुनुहुन्छ, उहाँसँग पनि सहकार्य गर्छाै। पश्चिम तिर घुम्न आउने निर्माता संघको योजना रहेको छ। पश्चिम तिरका कथाहरु विदेशमा समेत विक्री गर्ने योजनामा छौ।’ सुदूरपश्चिमका कथाहरू लगेर निर्माताहरूसँग भेट्न उनले आग्रह समेत गरेका छन्। ‘दर्शकहरूले नयाँ कथा चाहेका छन, उनले भने, सुदूरपश्चिममा पनि कथा छन्। क्षेत्रहरू छन। कर्णालीको नुन बोकेको कथामा चलचित्र बनेको थियो। सबैको मन छोयको थियो। सुदूरपश्चिम अर्गानिक कथाहरू छन। सानो बजेटमा पनि चलचित्र निर्माण गर्न सकिन्छ।’

डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले नायक विराज भट्टले निर्माण गरेको चलचित्र साङ्लोको छाङ्कनको समयमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको बताए। उनले भने, ‘जोरायल गाउँपालिकाको प्रचारका लागि मैले साङ्लो चलचित्र निर्माणमा सहयोग गरेको हो। धेरैले विरोध पनि गर्नु भएको थियो। धेरै पत्रकाहरूले समाचार पनि बनाउनु भयो। महालेखाले बेरुजु निकाल्छ पनि धेरैले भन्नु भएको थियो। तर, मेरो गाउँपालिकाको प्रचारप्रसारका लागि खर्च गरेको हो। गाउँपालिकाको छतिवन ताल, बुडर झर्ना लगायतका क्षेत्रहरूमा धेरै गीतहरू छायाङ्कन गरिएका छन्। तपाइहरू पनि आउनु होस, हामी खान, बस्न र स्थानीय यातायातको खर्च दिन्छौ।’ डोटीको जोरायल क्षेत्रको पर्यटन र आर्थिक विकाशका लागि चलचित्रको भूमिका महत्वपूर्ण रहेको उनको तर्क छ। जेरायल क्षेत्रमा किसान नेता भीमदत्त पन्तको घाँटी रेटेर हत्या गरिएकाले सोही विषय र किसानका विषयमासमेत नयाँ चलचित्रहरू निर्माण गर्न उनले आग्रह गरेका छन्।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले सुदूरपश्चिमका व्याक्तिहरूले सुदूरपश्चिमका कथाहरूमा चलचित्र निर्माण गर्नुपर्ने बताए। ‘सुदूरपश्चिमले पूर्वी इलामका निर्माताहरू पनि तान्नु पर्यो,’ उनले भने, ‘सुदूरपश्चिमको पहिचान, संस्कार र संस्कृतीहरु ीचनाउनु पर्र्यो। सुदूरपश्चिममा चलचित्र खेल्न बोलायो भने, मआउन तयार छु। सुदूरपश्चिमका विषय बस्तु र क्षेत्र तथा कथाहरू समावेश गर्न आवश्यक छ।’ सुदूरपश्चिममा निर्माण हुने चलचित्रका लागि धनगढीमा नै कलाकारहरु तयार गर्न सकिने उनले बताए। भीमदत्त पन्त चलचित्रमा अभिनय गरेको स्मरण गर्दै केसीले किसान र किसानका नेताहरूको विषयमा चलचित्र बनाउन सकिने उनले बताए।

सुदूरपश्चिमका कलाकारहरुले् स्थानीय, प्रदेश र केन्द्रीय सरकारले सहयोग नगरेको कार्यक्रममा गुनासो गरेका थिए। उनीहरूले सरकारी क्षेत्रबाटको सहयोगमा सुदूरपश्चिमका खप्तड, रामारोशन, अपि, रानीसैन जस्ता पर्यटकीय क्षेत्रहरूमा चलचित्र बनाउन सकिने बताएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा पत्रकार सीताराम ओझाले सहजीकरण गरेका थिए।

धनगढीमा २ दिने अन्तरक्रिया कार्यक्रम जारी रहेको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक