सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी
पढ्न लाग्ने समय :
धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको छ। प्रदेशभर १७ लाख १६ हजार ६६० मतदाता रहेकामा ८ लाख ७४ हजार १७७ मत खसेको प्रदेश निर्वाचन कार्यालय, धनगढीले बताएकाे छ।
कञ्चनपुरमा सबैभन्दा बढी ५८.६ प्रतिशत मतदान भएको छ भने अछाममा सबैभन्दा कम ३९.२ प्रतिशत मतदान भएको देखिएको छ।
कञ्चनपुरमा सबैभन्दा बढी
कञ्चनपुरमा ३ लाख १४ हजार ३८५ मतदातामध्ये १ लाख ८४ हजार ३१६ मत अर्थात ५८.६ प्रतिशत मतदान भएकाे छ।
अछाममा १ लाख ६५ हजार ३३७ मतदातामध्ये ६४ हजार ७८० अर्थात ३९.२ प्रतिशत मत खसेकाे छ।
डोटीमा १ लाख २८ हजार ३९९ मतदातामध्ये ५२ हजार ४८५ अर्थात ४०.९ प्रतिशत मत खसेकाे छ।
बाजुरामा ८७ हजार ८६१ मतदातामध्ये ४६ हजार २३२ अर्थात ५२.६ प्रतिशत मत खसेकाे छ।
बझाङमा १ लाख २६ हजार ९०३ मतदातामध्ये ५२ हजार २१७ अर्थात ४१.१ प्रतिशत मत खसेकाे छ।
बैतडीमा १ लाख ५६ हजार ३७२ मतदातामध्ये ७३ हजार १४८ अर्थात ४६.८ प्रतिशत मत खसेकाे छ।
दार्चुलामा ९२ हजार ९४८ मतदातामध्ये ४९ हजार ९६८ अर्थात ५३.८ प्रतिशत मत खसेकाे निर्वाचन आयाेगले बताएकाे छ।
डडेल्धुरामा ९३ हजार ४०३ मतदातामध्ये ४५ हजार ९०९ अर्थात ४९.२ प्रतिशत मत खसेकाे छ।
कैलालीमा ५ लाख ५१ हजार ५२ मतदातामध्ये ३ लाख ५ हजार १२२ अर्थात ५५.४ प्रतिशत मत खसेकाे छ।
प्रदेशभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। मतपेटिका संकलन थालिएकाे छ। मतपेटीका ढुवानीकाे काम पूरा भएपछि गणना सुरु हुने बताईएकाे छ।
को