सुदूरपश्चिममा भिटौला पर्व सुरु

Sunday March 15, 2026

पढ्न लाग्ने समय :


धनगढीः सुदूरपश्चिमका विभिन्न जिल्लामा भिटौला पर्व मनाउन थालिएको छ। भाइबहिनीबिचको माया र सम्बन्ध झल्काउने यस पर्वमा माइती पक्षका दाजुभाइले बिहे भइसकेकी दिदीबहिनीको घरमा पुगेर भेट्ने परम्परा रहेको छ।

यो परम्परा विशेषगरी बैतडी, दार्चुला, बझाङ, कैलाली र कञ्चनपुर जिल्लामा प्रचलित छ। सीमावर्ती भारतका केही गाउँहरूमा पनि भिटौला पर्व मनाउने चलन रहेको छ।

चैत महिनामा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुने भएकाले माइती पक्षले छोरीबहिनीको घरमा खानेकुरा र विभिन्न कोसेली लिएर जाने चलन पुरानै समयदेखि चल्दै आएको बताइन्छ।

भिटौलोका अवसरमा सेलरोटी, खीर, मालपुवा, गुड, फलफूल तथा लुगाकपडा जस्ता सामग्री लगेर दिने गरिन्छ। माइतीबाट ल्याइएका कोसेली छिमेकीसँग बाँड्ने परम्परा पनि रहेको छ।

तिहारको भाइटीकामा दिदीबहिनी माइत जाने र चैत महिनामा दाजुभाइले दिदीबहिनीको घरमा पुगेर भेट्ने चलनले भाइबहिनीबिचको सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिन्छ।

 


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती