सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

Wednesday March 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशमा निर्वाचनको तयारी पूरा भएको छ।

प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा गरी एक हजार एक सय ७६ मतदान स्थल रहेका छन्, भने दुई हजार एक सय ९९ मतदान केन्द्र तोकिएका छन्। सुदूरपश्चिम प्रदेशमा १७ लाख १६ हजार छ सय ६० मतदाता रहेका छन्। प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले सबै मतदान केन्द्रमा आवश्यक सामग्री र कर्मचारी तथा सुरक्षाकर्मीको व्यवस्था भइसकेको बताए। उनले भने, ‘बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने समय रहेको छ। मतदान केन्द्रको तयारी गरिएको छ। सुदूरपश्चिमका सबै मतदान केन्द्रको तयारी सकिएको छ। मतदाताहरूलाई सहजताका लागि लाइन बनाएका छौ।’

सबै मतदान केन्द्र निर्माणको काम पुरा भएको उनले बताए। मतदान केन्द्रमा महिला र पुरुष पुरुषको लागि अलग अलग लाइन बनाइएको छ। भने अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी महिलाका लागि विशेष व्यवस्था गरिएको छ। दुर्गम जिल्ला र स्थानहरूमा समेत मतदान केन्द्र निर्माण पुरा भएको भट्टले बताए। उनले भने, ‘सुरक्षाकर्मीसँग समन्वय गरेका छौ। दुर्गममा पनि १८ गते नै कर्मचारी पुग्नु भएको छ। हामी सम्पर्कमा छौ। टाढामा पनि कर्मचारी पुगेका छन्। हामीले नेट भएको क्षेत्रमा समूह बनाएका छौ। मोबाइलको टावर र नेट नभएको ठाउँमा सुरक्षाकर्मीको सञ्चार सेटबाट सूचना आदान प्रदान गरेका छौ।’

सुदूरपश्चिम प्रदेशमा चार सय ८१ मतदान स्थल र ९८५ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ । भने तीन सय ९५ मतदान स्थललाई संवेदनशील मानिएको छ ।

 


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।