सुदूरपश्चिमको विकास नभइ समृद्धि सम्भव छैन : प्रधानमन्त्री

Thursday August 24, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वलाई आगामी वर्षदेखि राष्ट्रिय पर्वको रूपमा मनाउने घोषणा गरेका छन् ।

बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘गौरा पर्वलाई राष्ट्रिय पर्वका रूपमा मनाउने घोषणा गर्दछु । साथै, गौरा पर्वको तिथि किटान होस्, म सरकारका तर्फबाट सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पहल गर्नेछु ।’

सुदूरपश्चिमका जनताको विकास नभई मुलुकको समृद्धि सम्भव छैन भन्ने विषयमा आफू प्रस्ट रहेको समेत उनले बताए । ‘बिहीबार मात्रै मन्त्रिपरिषद्को बैठकमा यो कुरा चलेको छ । यसलाई हामीले सकारात्मक मात्रै होइन, सुदूरपश्चिमका जनताको भावनालाई सम्बोधन गरेर जानुपर्छ भनेर बुझेका छौँ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले लामो समयदेखि सुदूरपश्चिमको चाहना, आवश्यकता र भावनालाई बुझेर काम गर्दै आएको छु । सुदूरपश्चिमका जनताको विकास नभई मुलुकको समृद्धि सम्भव छैन ।’


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।