सुदूरपश्चिमका विपन्न परिवारका किशोरी नेपाल-भारत अन्तरदेशीय मानव तस्करको निसानामा

Friday July 3, 2026

पढ्न लाग्ने समय :


धनगढी: अवैध रूपमा डिम्बदानका लागि नेपाली युवती मानव तस्करको निसानामा परेका छन् । सुदूरपश्चिम प्रदेशका विपन्न परिवारका किशोरी नेपाल–भारत अन्तरदेशीय मानव तस्करको निसानामा पर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

 दिल्लीतर्फ गइरहेको अवस्थामा गौरीफन्टा नाकाबाट एक युवतीको उद्धार गरिएपछि डिम्बदानका लागि यो नाकाबाट मानव तस्करी हुने गरेको तथ्य बाहिर आएको हो ।

नेपाल प्रहरी र नाकामा महिला बेचबिखन नियन्त्रणका लागि क्रियाशील शान्ति पुनस्र्थापना गृहकोे संयुक्त प्रयासमा ती युवतीको उद्धार गरिएको थियो । मोटो रकमको प्रलोभन देखाएर ती युवतीलाई भारत बोलाइएको शान्ति पुनस्र्थापना गृहका जिल्ला संयोजक कैलाश रानाले बताए । उनका अनुसार भारतीयसँग विवाह गरेर भारतमा बस्दै आएकी अपरिचित नेपाली महिलाले ती युवतीलाई दिल्लीमा बोलाएकी थिइन् ।

संयोजक रानाले भने, “मेसेन्जरमार्फत ती महिलाले नेपाली युवतीसँग सम्पर्क बढाएकी थिइन् । हामीले पनि महिलासँग कुरा गर्दा घुम्नका लागि बोलाएको जवाफ दिएकी थिइन् तर पछि मेसेन्जरबाटै त्यो नानी (उद्धार गरिएकी युवती) लाई हटाएपछि थप कुराकानी हुन सकेन ।”

आर्थिक अवस्था कमजोर रहेको युवतीलाई एक पटक डिम्बदान (एग डोनेसन) गरेबापत नेपाली ४८ हजार रुपियाँ दिने गरी तस्करी गर्न खोजिएको जनाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखनविरुद्धको अधिकारसम्बन्धी आफ्नो राष्ट्रिय प्रतिवेदनमा कैलालीको घोडाघोडी नगरपालिकाकी एक महिलाले गाउँकै थारू समुदायका १७ र १८ वर्षका दुई किशोरीलाई डिम्बदानका लागि नयाँ दिल्ली पु¥याएको उल्लेख गरेको छ । महिनावारी भएको सातदेखि ११ दिनभित्र डिम्ब निकाल्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

मानव तस्करीका लागि गौरीफन्टा-पलिया रुट तस्करका लागि सहज रहेको पनि जनाइएको छ । दुधुवा नेसनल पार्क क्षेत्रको करिब ३० किलोमिटरसम्म सञ्चार नेटवर्कले काम नगर्ने गरेका कारण तस्करका लागि यो रुट सहज रहेको बताइएको हो । महिला पुनस्र्थापना केन्द्र (ओरेक) का जिल्ला संयोजक गीता चौधरीले यो नाका अरू नाकाको तुलनामा सहज रहेकाले पूर्वतिरका महिलालाई पनि यही नाकाबाट भारततर्फ लगिने गरेको उल्लेख गरिन । शान्ति पुनस्र्थापना गृहले विभिन्न नाकाबाट भारत गइरहेको अवस्थाबाट एक वर्षको अवधिमा ४२० महिला तथा बालबालिकालाई फर्काएको छ ।

 


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक