सुदूरपश्चिमका युवालाई ‘भोट भन्दा भोक ठुलो’

Sunday February 22, 2026

पढ्न लाग्ने समय :


धनगढी : देशमा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल बढ्दै गएको छ। तर, कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भने सदाबहार दृश्य कायम छ।

झोला गुन्टा बोकेर रोजगारीका लागि भारततर्फ गइरहेका नेपालीहरूको भीड अहिले पनि उस्तै छ। गाउँमा रोजगारीको अभावका कारण भारतका विभिन्न सहर धाउनु पर्ने बाध्यता अहिले पनि कायम छ। फागुन २१ गते हुने निर्वाचनले पनि रोजगारीको समस्या कम हुनेमा उनीहरू विश्वस्त छैनन्। बझाङका धनबहादुर बोहराले चुनावको समयमा रोजगारीका लागि भारत जान लोको बताए।

कैलालीको फूलबारीका सचिन चौधरीले विगतका चुनावमा राजनीतिक दल तथा उम्मेदवारहरूले गरेका वाचा पूरा नभएको गुनासो गरेका छन। पटक–पटक भोट दिदाँ कसैले पनि समस्या समाधान नगरे पछि अब पनि बेरोजगारीको समस्या समाधान हुनेमा आफू आशावादी नरहेको उनले बताए। चौधरीले भने, ‘चुनावमा जिताएका नेताहरूले काम गरेनन्। अहिले भोट दिदा पनि फाइदा छैन। नेपालमा रोजगार छैन। भारतमा काम गर्नु पर्छ। नेताहरूले रोजगारी दिन सकेको भए, हुने थियो।’

भारत जान लागेका कैलालीका रविन्द्र चौधरीले आफूसंग भोटर कार्ड नै नरहेको बताए। बालबच्चा पाल्न भारत जानु पर्ने बाध्यता रहेको बताउदै रविन्द्रले अब बन्ने सरकारले युवाहरूलाई स्वदेशमै राजेगारको व्यवस्था गर्नु पर्ने माग गरेका छन्। उनले भने, ‘भोटर कार्ड छैन। पैसा चाहियो। बालबच्चा पाल्नै पर्यो। अबका नेताहरूले रोजगारी दिन सक्नु पर्यो।’

रोजगारीका लागि भारत जान लागेका नेपाली युवाहरूले अब बन्ने सरकारसँग देशमा रोजगारीको व्यवस्था मिलाउन आग्रह गरेका छन्। उनीहरुले बेरोजगारीका कारण कामको लागि भारत जानुपर्ने बाध्यता रहेको बताएका हुन्। सुदूरपश्चिमका युवाहरूका लागि भोट भन्दा भोट ठुलो रहेको तर्क उनीहरूको छ। बाजुराका लालबहादुर थापाले भारतमा सुरक्षागार्डको कामका लागि जान लागेको बताए। गौरीफन्टा सीमा क्षेत्रमा भटिएका थापाले भने, ‘बाजुराबाट आएको हुँ, भारतको बेङ्लोरमा सुरक्षाकार्डको काम गर्दै आएको छ। नेपालमा चुनावको समय छ। तर, चुनावले हामीलाई पुग्दैन। भारत काम गर्न जाँदैछु। गाउँमा सडक पनि पुगेको छैन। अबका नेताहरूले हाम्रो गाउँमा सडक पुगाउन।’

चुनाव नजिकिँदै गर्दा मतदान गर्न छोडेर नेपाली युवाहरू भारततिर जानुपर्ने अवस्थाले देशभित्र चरम बेरोजगारीको समस्यालाई झल्काएको छ। आफ्नो जनप्रतिनिधि छान्ने महत्वपूर्ण अधिकारको प्रयोग गर्न समेत रुची नदेखाएर विदेशीने नेपाली युवाहरूको भावना र आवाजलाई राजनीतिक दल र नेतृत्वले सम्बोधन गर्न सकिरहेका छैनन्।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा