सुदूरपश्चिमका प्रदेश प्रमुखलाई निर्वाचन सुरक्षाको ब्रिफिङ

Saturday February 28, 2026

पढ्न लाग्ने समय :


धनगढी:  सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई चार वटै सुरक्षा निकायका प्रमुखहरूले सुदूरपश्चिम प्रदेशको निर्वाचन सुरक्षा व्यवस्थाबारे जानकारी गराएका छन्।

 प्रदेश प्रमुख निवासमा प्रदेशका प्रमुख सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेशका प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराएका हुन।

उक्त भेटमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तथा कैलालीका प्रमुख जिल्ला अधिकारीको पनि उपस्थिति रहेको थियो।

प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले प्रदेश एकीकृत सुरक्षा योजनाबारे जानकारी गराएका थिए। ‘हामीले यस पटकको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउन निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ,’ उनले भने, ‘यस पटक नेपाली सेना पनि स्ट्यान्डबाइ रहनेछ।’

उनले संवेदनशील क्षेत्रमा सतर्कता अपनाइएको समेत बताए।

नेपाली सेनाका पृतनापति किरण केशीले सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मको अवस्था शान्तिपूर्ण रहेको प्रदेश प्रमुखलाई बताएका थिए। ‘हामीले केही समयअघिदेखि नै यस विषयमा निगरानी र चासो राखिरहेका छौँ,’ उनले भने, ‘सुदूरपश्चिम प्रदेशमा अहिलेसम्मको अवस्था ठीक छ। हामी शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन खटिनेछौँ।’

सुदूरपश्चिम प्रदेश प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी गराएका थिए। उनले थप प्रहरी परिचालनदेखि निर्वाचन प्रहरीको अवस्थाबारे पनि प्रदेश प्रमुख मियाँलाई जानकारी गराएका थिए।

 

उनले जेलबाट भागेका कैदीबन्दीहरूको बारेमा पनि प्रदेश प्रमुख मियाँलाई बताएका थिए। ‘जेलबाट भागेका कैदीबन्दीहरूबाट निर्वाचनमा अवाञ्छित गतिविधि हुन्छ कि भन्ने लाग्न सक्छ, तर अहिलेसम्मको अवस्थामा त्यस्तो देखिएको छैन,’ उनले भने, ‘हामीले उनीहरूको खोजी गरिरहेका छौँ । अधिकांश पुनः कारागार आइसकेका छन्। सम्पर्कविहीन भएका केही भारतमा रहेको बुझेका छौँ।’

उनले ती व्यक्तिहरूका बारेमा घरपरिवार र समाजमा सोधपुछ भइरहेको जानकारी गराए।

कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कैलाली जिल्लाको निर्वाचन तयारीबारे जानकारी गराएका थिए। उनले मतपत्र ढुवानी गर्नेसम्मको तयारी भइरहेको भन्दै भयरहित अवस्थामा निर्वाचन सम्पन्न गराउन आफूहरू लागिरहेको बताए।

खुला सीमाका कारण शान्ति–सुरक्षामा केही चुनौती रहेको उल्लेख गर्दै भारतीय पक्षसँग पनि समन्वय गरेर सीमा सुरक्षा बढाइएको उनले बताए।

सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङपछि प्रदेश प्रमुख मियाँले सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्ण अवस्थामा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायले देखाएको सतर्कताको उच्च प्रशंसा गरेका थिए । उनले नागरिकहरू पनि यस विषयमा सचेत हुनुपर्ने भन्दै सुरक्षाकर्मी र नागरिकको सहकार्यमा भयरहित निर्वाचन सम्पन्न गर्न सकिने बताएका थिए।

 ‘मुलुक निर्वाचनमा केन्द्रित रहेको छ । तपाईंहरूले गर्नुभएको तयारीले नागरिकहरूलाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउनेछ भन्नेमा म विश्वस्त छु,’ उनले भने, ‘नागरिक र सुरक्षा निकायले सहकार्य गरेर निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गराउनु पर्छ।’


भर्खर

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान

घोडाघोडी मन्दिरमा रेलिङ

धनगढी : जैविक विविधताले महत्त्वपूर्ण तथा प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्र घोडाघोडी क्षेत्रमा सङ्घ, प्रदेश

सुदूरपश्चिममा बिसुपर्व मनाइँदै

वैशाख : हरेक वैशाख १ गते सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा विष मार्ने पर्वका रूपमा ‘बिसु’