सुदूरपश्चिमका डिआइजी रानालाई कारबाही सिफारिस

Thursday March 26, 2026

पढ्न लाग्ने समय :


धनगढीः गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न अधिकारीमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। सार्वजनिक प्रतिवेदन अनुसार आयोगले राजनीतिक नेतृत्व तथा उच्च पदस्थ व्यक्तिहरूमाथि समेत फौजदारी कसुरमा कारबाही गर्नुपर्ने उल्लेख गरेको छ।

आयोगले नेपाल प्रहरीका डिआइजी ओमबहादुर रानामाथि पनि कारबाही सिफारिस गरेको छ। जेन्जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यबाहक प्रमुख रहेका राना हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्।कर्तव्य पालनामा कमजोरी देखिएको ठहर गर्दै आयोगले प्रहरी ऐन २०१२ को दफा ९(४) र प्रहरी नियमावली २०७१ को नियम १०९ अनुसार उनीमाथि कारबाही गर्न नेपाल सरकारलाई सुझाव दिएको हो।

यससँगै, आयोगले काठमाडौं जिल्ला प्रहरी परिसरका तत्कालीन प्रमुख (हाल डिआइजी) विश्व अधिकारी, उपत्यका प्रहरीका तत्कालीन एसएसपी दीपशमशेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेलमाथि पनि कारबाही गर्न सिफारिस गरेको जनाएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।