सुदूरपश्चिमका डिआइजी रानालाई कारबाही सिफारिस

Thursday March 26, 2026

पढ्न लाग्ने समय :


धनगढीः गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न अधिकारीमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। सार्वजनिक प्रतिवेदन अनुसार आयोगले राजनीतिक नेतृत्व तथा उच्च पदस्थ व्यक्तिहरूमाथि समेत फौजदारी कसुरमा कारबाही गर्नुपर्ने उल्लेख गरेको छ।

आयोगले नेपाल प्रहरीका डिआइजी ओमबहादुर रानामाथि पनि कारबाही सिफारिस गरेको छ। जेन्जी आन्दोलनका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यबाहक प्रमुख रहेका राना हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्।कर्तव्य पालनामा कमजोरी देखिएको ठहर गर्दै आयोगले प्रहरी ऐन २०१२ को दफा ९(४) र प्रहरी नियमावली २०७१ को नियम १०९ अनुसार उनीमाथि कारबाही गर्न नेपाल सरकारलाई सुझाव दिएको हो।

यससँगै, आयोगले काठमाडौं जिल्ला प्रहरी परिसरका तत्कालीन प्रमुख (हाल डिआइजी) विश्व अधिकारी, उपत्यका प्रहरीका तत्कालीन एसएसपी दीपशमशेर जबरा र प्रहरी उपरीक्षक ऋषिराम कँडेलमाथि पनि कारबाही गर्न सिफारिस गरेको जनाएको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक