सांसद राईको प्रश्नः भन्सारमा नेपाली एजेण्टले काम नपाउने र विदेशीले प्रभाव पार्ने कसरी भयो ?

Sunday February 23, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द) की सांसद दुर्गा राईले भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको समाचार आएको भन्दै अर्थ मन्त्रालयसँग जवाफ माग गर्नुभएको छ । आईतवार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिने भन्दै भन्सारमा हुने गतिविधिले अर्थतन्त्रमा प्रत्यक्ष असर पुग्ने बताउनु भयो । उहाँले मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सारका गतिविधिले पनि तय गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘भन्सार अर्थतन्त्रसँग प्रत्यक्ष जोडिन्छ । मुलुकको अर्थतन्त्रमा नै प्रभाव पार्दछ । भन्सारमा हुने गतिविधिले सिधा अर्थतन्त्रमा प्रभाव पार्दछ । मुलुकलाई कतातिर लैजाने भन्नेकुरा भन्सार विभागको गतिविधिले असर पार्दछ । भन्सारमा नयाँ एजेण्टले काम नपाउने र विदेशी एजेण्टले बढी प्रभाव पारेको भन्ने छ । यो बारेमा के हो समितिसँग र अर्थ मन्त्रालयसँग मेरो जिज्ञासा छ । नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन् ?’ 

उहाँले नेपालको भन्सार एजेण्टले किन काम पाउन सकेका छैनन् ? भन्दै प्रश्नसमेत गर्नुभयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि