सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी

Monday January 6, 2025

पढ्न लाग्ने समय :


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा  फिँजाइएका भ्रमहरु चिर्न सहकारीहरुले आफूहरु ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले सहकारीबारे फैलाइएका हल्लाहरु मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको बताउनु भयो । सबै सहकारीहरु एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरुले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले छिमेकी मुलुकहरुले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो भुगोल, माटो र चेतनाअनुसारका योजनाहरु ल्याउनुपर्छ । र छिमेकी मुलुकहरुमा सम्पर्क गर्दाखेरि हामी ति मुलुकहरुले गरेको प्रगति उन्नति र सहकारी क्षेत्रमा गरेका प्रगतिहरुलाई अनुशरण गरेर योजना बनाएर अगाडि बढियो भने मात्रै हामी सफल हुनसक्छौं । अर्कोतिर अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरु फैलिरहेको छ । हामी आफ्नो ठाउँमा ठिक छौं भन्ने सन्देश दियौं भने कसैको भ्रमले केही गर्दैन । साना किसान सहकारी संस्थाको सदस्य म पनि हो । मेरो संस्थको प्रतिनिधि पनि यहाँ आउनुभएको छ । र अहिले मेरै जिल्लाकोले पुरस्कृत पनि हुनुभएको छ । त्यसकारण हामीले सतहमा दौडेर हुन्न । बुझ्नेले पनि त्यहँ हिसावले बुझ्नुप¥यो व्यवहारमा ल्याउनेले पनि त्यही हिसावले व्यवहारमा ल्याउनुपर्यो । अहिले सहकारीहरु सबै एउटै प्रकृतिका हुन्, एउटै खाले हुन्, सहकारी ठिक छैनन्, सहकारी अब चाहिँदैनन् भन्ने एउटा तप्का छ । जनताको समस्या समाधान गर्नको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भनेको सहकारी हो । किनेभने हामीले सहकारीमा वचत जम्मा गरेका हुन्छौं, त्यही वचत परिचालन गरेका हुन्छौं । त्यही वचतबाट आफ्नो आर्थिक स्थितिलाई उकास्न मद्दत गर्छ । त्यसैले सहकारी चाहिन्छ । त्यसकारण सहकारीमा फिँजाइएको यो हल्ला मिथ्या हो भन्ने आधारमा जान जरुरी छ ।’ उहाँले सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको