सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत छः उपप्रधानमन्त्री पौडेल

Monday February 3, 2025

पढ्न लाग्ने समय :


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताउनुभएको छ । सोमवार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास गर्दै यस्तो बताउनुभएको हो । उहाँले सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताउनु भयो ।

उहाँले अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति गरेका कुराहरु पर्याप्त नरहेको र अझै धेरै गर्न चाहेको बताउनु भयो । उहाँले सोचेर मात्रै नहुने भन्दै त्यसलाई पूरा गर्न परिस्थितिले साथ दिनुपर्ने बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकको आशिर्वादले देश विकासमा अघि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।
उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘अहिलेको यो सरकार ज्येष्ठ नागरिकप्रति, ज्येष्ठ नागरिकको महत्वप्रति एउटा सचेत सरकार हो । अहिलेसम्म ज्येष्ठ नागरिकका निम्ति जे गरेका छौँ, त्यो पर्याप्त छैन । हामी अझ धेरै गर्न चाहन्छौँ । मैले यहाँ आएर हेरिरहँदा यसो गर्न पाए हुन्थ्यो, त्यसो गर्न पाए हुन्थ्यो भनेर धेरै कुरा मनमा खेले । सोचेका सबै पूरा हुँदैनन् । सोच्न धेरै कुरा सोचिन्छ, गर्नका निम्ति परिस्थितिले साथ दिनुपर्छ । गर्दै जानुपर्छ । सोचेको ठाउँमा पुग्नुपर्छ । हामी तपाईंहरुको आशिर्वाद पाएर, तपाईंको अमूल्य मत पाएर सर्वोच्च जनप्रतिनिधि संस्था, संसदमा पुगेका राजनीतिकर्मीहरुले यहाँहरुको सेवामा आजीवन समर्पित हुनुपर्छ । सरकारमा रहँदा होस्, नरहँदा होस् । निर्णय गर्न पाउने बेलामा होस्, निर्णय गर्नका निम्ति दबाब दिने बेलामा होस् । हर कुनै बेलामा यहाँहरुको पक्षमा दृढतापूर्वक उभिनुपर्छ भन्ने अनुभुति मनमा अमिट रुपमा म आफैँले पनि साँचेको छु ।’

उपप्रधानमन्त्री पौडेलले ज्येष्ठ नागरिकको महत्वप्रति दृढतापूर्वक उभिने प्रतिवद्धता जनाउनु भयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ