सरकारले व्रह्मलुट गर्न अध्यादेश ल्यायोः पूर्वप्रधानमन्त्री खनाल

Saturday February 15, 2025

पढ्न लाग्ने समय :


पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको बताउनुभएको छ । काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सकिने आधारहरु रहेपनि त्यसतर्फ जान नसकेको बताउनु भयो । उहाँले वैज्ञानिक भूमि सुधार गर्नुपर्नेमा सरकारले अहिले व्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको जिकिर गर्नुभयो । उहाँले कृषि क्रान्ति गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजान जरुरी रहेको बताउनु भयो । उहाँले किसानले बजार नपाउने समस्याको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले देश संकटउन्मुख रहेको बताउनु भयो ।  सम्मानित नेता खनालले भ्रष्टाचार अन्त्य गरी भ्रष्टाचार गर्नै नपर्ने र गर्नै मन नलाग्ने किसिमको समाजवाद निर्माण गर्न जरुरी रहेको बताउनु भयो । उहाँले समाजका विकार र विकृतिहरु हटाउँदै जानुपर्ने बताउनु भयो ।
सम्मानित नेता खनालले भन्नुभयो, ‘हामीले दुई तिहाई बहुमत पाएको बेलामा भूमिसुधार गर्न सक्थ्यौँ । वैज्ञानिक भूमि सुधार । अब अहिले हेर्नुस् त अध्यादेश ल्याएर व्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ । भूमि सुधार गर्नुको सट्टा । वैज्ञानिक भूमिसुधार गर्नुको सट्टा । यो व्रह्मलुटको अध्यादेश हो । यस प्रकारका काम गर्न पुगिरहेका छौँ । हामी कृषि क्रान्ति गर्न सक्दैनौँ । कृषिलाई आधुनिकीकरण गर्न सकेका छैनौँ । किसानले उत्पादन त वर्षौंदेखि गरिरहेको छ । तर उत्पादन गरेको वस्तुको मूल्य पाइरहेको छैन । उसले बजार पाइरहेको छैन । त्यो कुरा सबै प्राप्त गर्न सकिन्छ । कृषिलाई व्यापक रुपले यान्त्रीकीकरण गर्नसक्छौँ ।’

उहाँले नेपाली भूभाग विदेशीको कब्जामा रहेको र त्यसलाई फिर्ता ल्याउने कुनै पहल हुन नसकेको बताउनु भयो । समाजवादको जामा लगाउनेहरु समाजमा धेरै रहेको बताउँदै नाम मात्रैको समाजवादीले समाजवादमा नपुगिने बताउनु भयो ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।