सरकारले गर्‍यो पाँच एआईजीको सरुवा, को कहाँ ?

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)को सरुवा गरेको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ। प्रशासन विभागका एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ। थापाको स्थानमा कार्यविभाग प्रमुख मीरा चौधरीलाई पठाइएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग लगिएको छ। मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएको छ। सरुवा मापदण्ड बनाउने भण्डारीको पनि पाँच महिनामा सरुवा भएको हो।

तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मातहत प्रहरीसँग समन्वय गरिरहेका ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवाले नै असन्तुष्टि जनाएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवासमेत ज्ञवाली सरुवा गर्न चाहेका थिए।

उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुन्। केसीलाई पनि सरुवाको तयारी गरिएको छ । प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार उनको पनि केही दिनमा सरुवा हुँदैछ ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ