सरकारको ध्यान आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउनेमा केन्द्रित छः प्रधानमन्त्री

Monday February 3, 2025

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो । उहाँले केही समय नेपाल पछाडि परेको भएपनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुक भन्दा अगाडि जानसक्ने बताउनु भयो । उहाँले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने बताउनु भयो ।

उहाँले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गर्नुभयो । अहिलेको सरकारको ध्यान तिब्र विकासको काममा रहेको उल्लेख गर्नुभयो । अहिलेको सरकारको ध्यान तिब्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजोको हाम्रो इतिहास गौरववपूर्ण छ । अलिकति समय हामी पछाडि प¥यौँ । अब हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन । सबै टेक्नोलोजी एभाइलेभल छ आज । स्पेश टेक्नोलोजी होस् की, एआई टेक्नोलोजी होस् की, अरु टेक्नोलोजी होस् की सबै एभाइलेभल छ । आज ९÷१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरु गर्दछन्, आश्चर्य लाग्दा डेमोहरु गर्दछन् । ११÷१२ मा पढ्ने विद्यार्थीले स्पेश साइन्समा सानासाना रकेटहरु छोड्छन् । अन्तरिक्षमा हामी स्याटलाइट पठाउन सक्छाँै भन्छन् । हामी पछाडि पर्नुपर्ने कुनैपनि कारण छैन । हामीले आत्मविश्वास राख्नुपर्दछ । अब हामी पछाडि पर्नु हुँदैन । हामीले आत्मविश्वास राख्नुपर्दछ । म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरुलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आज तिब्र विकास गर्ने, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरुको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ ।’

प्रधानमन्त्री ओलीले बालबालिकाहरुले हामी गर्नसक्छौँ र अरु भन्दा अगाडि जानसक्छाँै भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सुस्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताउनु भयो । विद्यार्थीलाई गलत संगतमा नपर्ने आग्रह गर्नुभयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ