समाजवादी मोर्चाको बैठक जारी

Monday August 21, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरू भएको छ । आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको थियो । जुन बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा बिहान ७: ३० बजेबाट सुरू भएको हो ।

सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । जारी बैठकमा सोही बिषय पनि छलफल र समिक्षाासमेत हुनेछ ।

साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ ।

नेकपा एकीकृत माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको  सो मोर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा सम्मिलित छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको