समाजवादी मोर्चाको बैठक जारी

Monday August 21, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । समाजवादी मोर्चाको बैठक सुरू भएको छ । आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको थियो । जुन बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय, आलोकनगरमा बिहान ७: ३० बजेबाट सुरू भएको हो ।

सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । जारी बैठकमा सोही बिषय पनि छलफल र समिक्षाासमेत हुनेछ ।

साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल हुने जनाइएको छ ।

नेकपा एकीकृत माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको  सो मोर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा सम्मिलित छन् ।


भर्खर

दाङमा एलपी ग्यास आपूर्तिमा समस्या, अत्यावश्यक बाहेक जिल्ला बाहिर लैजान प्रशासनको रोक

दाङ जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दाङले

भदौको पहिलो सातासम्म बजारमा आउँदै बाजुराको अग्र्यानिक स्याउ

बाजुरा । बाजुराको अग्र्यानिक स्याउ यस वर्ष भदौको पहिलो सातासम्म बजारमा ल्याउने तयारी गरिएको छ।

दार्चुलाको चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेशको दार्चुलाको चमेलिया नदीमा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ ।