समाचार संकलनका लागि पुगेका पत्रकारमाथि कास्की प्रहरीको दुर्व्यवहार

Friday November 15, 2024

पढ्न लाग्ने समय :


समाचार संकलनका लागि जिल्ला प्रहरी कार्यालय कास्की अगाडी पुगेका पत्रकारहरुलाई कास्की प्रहरीका प्रवक्ता समेत रहनुभएका प्रहरी नायव उपरीक्षक (डिएसपी) वसन्तकुमार शर्माको नेतृत्वमा रहेको प्रहरी टोलीले दुव्र्यवहार गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा ल्याइएको समाचार संकलनका लागि पोखराको गहिरापाटनस्थित जिल्ला प्रहरी कार्यालय अगाडी पुगेका पत्रकारहरुलाई डिएसपी शर्मा नेतृत्वको प्रहरी टोलीले दुव्र्यवहार गरेको हो ।

पार्टी सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पु¥याएपछि त्यहाँ शान्तिपूर्ण तरिकाले जम्मा भएका रास्वपाका नेता – कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गर्न खोजेपछि फोटो तथा भिडियो खिच्ने पत्रकारहरुमाथि प्रहरी जाइलागेको थियो । त्यही क्रममा कास्की प्रहरीका एक प्रहरीले पत्रकार सन्देश बरालको क्यामरा खोस्न थालेपछि पत्रकारहरुले त्यसको प्रतिकार गर्न शुरु गरेका थिए । पत्रकार ओम हमाल र माधव पोखरेल लगायतका पत्रकारले प्रहरीको ज्यादतीको बिरोध गरेका थिए ।


भर्खर

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

धनगढीबाट होटल सञ्चालकमाथि कुटपिट गर्ने युवक पक्राउ

धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा गत जेठमा होटल सञ्चालकमाथि कुटपिट गरेर फरार भएका एक जना धनगढीबाट