समय तोकेर समाजवाद निर्माणको जिम्मेवारी दिनुस्, समाजवाद ल्याउन नसके मृत्युदण्ड भोग्न तयार छुः वामदेव गौतम

Sunday February 2, 2025

पढ्न लाग्ने समय :


राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो हुने बताउनुभएको छ । आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उहाँले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताउनु भयो । उहाँले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा बताउनु भयो ।

उहाँले संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा नरहेको बताउनु भयो । उहाँले अध्यादेश नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय नभएको बताउनु भयो । उहाँले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने बताउनु भयो । उहाँले पूरा नगरेको खण्डमा मृत्युदण्डका लागि तयार रहेको बताउनु भयो । उहाँले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले केही समयदेखि अध्यादेश राजनीतिक माहोल बनेको छ । म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि लागेको छैन । यसको सैद्धान्तिक थाहा छ । अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरु पूरा गर्नुपर्छ । संविधानबमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने विषयमा कुनै बार, बन्देज संविधानमा छैन । तर यो नानी बाबुहरुले घर पुतली खेले जस्तो विषय पनि होइन । अध्यादेश जारी गर्दा प्रतिपक्षलाई पनि साथ लिनु राम्रो संस्कार मानिन्छ । तर यो सत्ताधारी पक्ष, विपक्षका बीच रहेको व्यवहारमा भर पर्छ । यस्ता विषयमा सदनको समय धेरै खर्च गर्नु उचित मानिदैन । अहिले मुख्यतः हाम्रो राष्ट्रलाई चाहिएको विषय हो लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समृद्ध समाजवाद ।

यसमा कसैको ध्यान छैन । न सत्ता पक्ष, न प्रमुख प्रतिपक्ष न प्रतिपक्षको । यो संरचना निर्माण गर्न सकिन्छ । समाजवाद निर्माण गर्न सकिन्छ । समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु । मलाई मृत्युदण्ड दिइयोस् यदी समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस् । यति वर्ष भित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’
उहाँले खिचडी राजनीतिलाई बिहष्कार गर्न सुझाव दिनुभयो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको