सभापती कप फुटबल जित्ने ६ टोलीको दावेदारी

Wednesday January 22, 2025

पढ्न लाग्ने समय :


बिहीवारदेखि शुरु हुने सभापती फुटबल प्रतियोगितामा सहभागी आठमध्ये ६ टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । नेपाली काँग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति, २०८१ को आयोजनामा बिहीवारदेखि दशरथ रंगशालामा सभापति कप शुरु हुँदै छ ।

खेलअघि पत्रकार सम्मेलनमा सहभागी आठ क्लवमध्ये ६ टोलीले उपाधि जित्ने दाबेदारी प्रश्तुत गरेका हुन् । बिहीवार उद्घाटन खेलमा चर्च ब्वाइज र संकटा क्लब भिँड्दैछन् । संकटाका टिम अफिसियल राजुमान तुलाधारले युवा खेलाडीसहित राम्रो तयारी गरेको र टिम च्याम्पियन हुने लक्ष्य रहेको बताए । उनले टोलीका कप्तान दीप कार्की उपस्थित नहुने उल्लेख गरे । नेपालको यु–२० टोलीका सदस्य, राष्ट्रिय खेलाडी र विदेशी खेलाडीमा पिटर सेगुन रहेकाले टोली बलियो रहेको उनको विश्वास छ ।

चर्च ब्वाइजका टिम अफिसियल लबिस राईले यस सिजन चर्च ब्वाइजले मोफसलमा राम्रो गरिरहेको उल्लेख गर्दै टिम राम्रो नै रहेको बताए । उनले यस सिजन ७÷८ गोल्डकप खेलेको र नतिजा पनि राम्रो आइरहेको उल्लेख गरे । त्यसैले पनि सभापति कप जित्नेगरी खेल्ने बताए । उनले ए डिभिजन लिग पनि छिट्टै हुने आशा गरे । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ टोली टिमले प्रतिष्पर्धा गर्दैछन् । मच्छिन्द्र फुटबल क्लबमा प्रशिक्षक सन्तोष न्यौपानले धेरै पछि दशरथ रंगशालामा खेल्न पाउँदा खेलाडीहरू उत्साहित रहेको उल्लेख गर्दै प्रतियोगिताका लागि तयार रहेको बताए ।

मच्छिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठले करिव एक महिनादेखि मोफसलका प्रतियोगिताहरू खेलिरहेको उल्लेख गर्दै सभापति कप जित्ने लक्ष्यसहित उत्रने बताएका छन् । उनले टोलीमा केही विदेशी खेलाडी थपिन सक्ने उल्लेख गरे । अधिकांश खेलाडी पुरानै रहेकोले टोली सेट रहेको उनको बुझाइ छ ।

सभापति कपमा खेल्ने एनआरटीका अफिसियलल सुरेन्द्रकुमार श्रेष्ठले पनि तयारी राम्रो भइरहेको विश्वाव व्यक्त गरे । उनले मोफसलमा खेलिरहेको टोली नै निरन्तरता दिने उल्लेख गदै उपाधि जित्ने दाबेदारी व्यक्त गरेका छन् । उनले अन्जन विष्टको कप्तानीमा टोलीले खेल्ने पनि उल्लेख गरेका छन् ।

विभागीय टोली एपिएफले मच्छिन्द्रसँग खेल्दै प्रतियोगिताको शुरु गर्नेछ । एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले प्रतिद्वन्द्वी धेरै राम्रो रहे पनि उनीहरूको टिमअनुरूप आफूले पनि तयारी गरेको बताएका छन् । उनले उपाधि जित्ने लक्ष्यसहित तयारी गरेको पनि उल्लेख गरे । काठमाडौंमा धेरै पछि फुटबल फर्कदा उत्साहित रहेको उनले उल्लेख गरे ।

आयोजक टोलीका रूपमा वागमती क्लवले खेल्दैछ । वागमती क्लवका अफिसियल उज्वल श्रेष्ठले छोटो समयमा पनि राम्रो तयारी गरेको बताएका छन् । चार जना विदेशी खेलाडी रहेको श्रेष्ठले उल्लेख गरे । टिम राम्रो बनेकाले उापधि दाबेदारी प्रश्तुत गर्ने उनको भनाइ छ ।

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । यस प्रतियोगिता माघ १७ गतेसम्म हुनेछ । लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिकै आयोजनामा दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने जानकारी दिइयो । तीनदिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरागीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुनेछ । शिर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले जानकारी दिए । उत्कृष्ट पुरुष÷महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।


भर्खर

डोटीमा एमालेका दीपक धामी अगाडि

धनगढी : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत डोटीमा नेकपा एमालेका उम्मेदवार दीपक धामी अगाडि रहेका छन। जिल्लामा

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्द दुई हजार चार सय ६९ मतसहित अग्रस्थानमा

धनगढी : कैलालीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र

सुदूरपश्चिममा ५०.९ प्रतिशत मतदान, कञ्चनपुरमा सबैभन्दा बढी

धनगढी : प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको