संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माणको जिम्मेवारी निजी संस्थालाई दिइएको होः सांसद योगेश भट्टराई

Sunday February 23, 2025

पढ्न लाग्ने समय :


नेकपा (एमाले)का सांसद योगश भट्टराईले संवैधानिक व्यवस्थाअनुसार नै ताप्लेजुङ मा कबलकार निर्माणको काम अगाडि बढेको दाबी गर्नुभएको छ । आईतवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै केबलकार निर्माणको जिम्मेवारी नीजि संस्थालाई दिएको दाबी गर्नुभएको हो । उहाँले विकास निर्माणको विरोध गर्ने अधिकार सबैलाई भएपनि त्यसको सिमामा रहेर विरोध गर्नुपर्ने बताउनु भयो ।

उहाँले केबलकार विरोधी समूहले शनिवार राति मसाल जुलुस गर्ने क्रममा स्थानीयको घरमा आगोको मुस्लो फाल्ने काम गरेको समेत आरोप लगाउनु भयो । उहाँले केबलकार निर्माणको विषयमा धर्म र संस्कृतिमाथि व्यक्तिको निजी स्वार्थ प्रयोग गरिएको बताउनु भयो । उहाँले विकास निर्माण र धर्मसंस्कृतिमाथि राजनीति प्रवेश गराउँदा त्यसले डरलाग्दो रुप लिने समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संवैधानि व्यवस्थाअनुसार नै ताप्लेजुङमा केबलकार निर्माण गर्न एउटा नीजि संस्थालाई जिम्मेवारी दिएको छ । विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर विरोधका सिमा हुन्छन् सभामुख महोदय  । त्यसलाई सभ्य, संयमित र शान्तीपूर्ण ढंगले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैको मान्यता हो । तर दुर्भाग्यवस हिजो बेलुका केबुलकार विरोधी समूहबाट भएको मसाल जुलुसको क्रममा ताप्लेजुङ बजार एकदमै अशान्त भयो । सर्वसाधारणको घरमा आगो फाल्ने काम भयो । सुरक्षाको निम्ति बसिरहेका सुरक्षाकर्मीहरुमाथि सांघातिक हमला गर्ने काम भयो । थुप्रै सुरक्षाकर्मी पनि घाइते हुने स्थिति सिर्जना भएको छ । सुरक्षाकर्मीहरुको संयमताले थप गतिविधि हुनबाट रोकिएको छ । विकासको विरोधि कोही पनि छैन । धर्म र संस्कृतिको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिलाई जब हामी व्यत्तिका नीजि स्वार्थमा हामी प्रयोग गर्न थाल्छौं । धर्म र संस्कृतिलाई जब राजनीतिका प्रवेश गराउन थाल्छौं । त्यसले भयंकर विवादको स्वरुप लिन्छ । नेपाल जस्तो समन्वय र सककार्यकारी संघीयता भएको देशमा यस्तो परिस्थिति आउनु दुःखद् हो । ’
उहाँले नेपालजस्तो लोकतान्त्रिक मुलुकमा यस्तो परिस्थिति निर्माण हुनु आफैँमा दुःखद् भएको भन्दै वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती