संजीवनीले मनायाे चौथो वार्षिकोत्सव

Thursday July 2, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीमा सञ्चालित संजीवनी अस्पतालले आफ्नो चौथो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ । सुपथ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालले स्थापना कालदेखि नै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
अस्पतालका अध्यक्ष दुष्यन्त बस्नेतले कार्यक्रममा बोल्दै अस्पताल स्थापना पछिका दिनहरूमा केही चुनौतीहरू आए पनि अस्पताल आफ्नै गतिमा अघि बढिरहेको बताउनुभयो । उहाँले सहयोगी, शुभचिन्तक, कर्मचारी तथा सेवाग्राहीहरूलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो, “कर्मचारी र सञ्चालक समितिको अथक प्रयासले हामी चौथो वर्षमा प्रवेश गरेका छौं । आगामी दिनहरूमा अझ गुणस्तरीय सेवासहित आफ्नै भवनबाट सेवा प्रदान गर्ने तयारीमा छौं ।”
कार्यक्रमकी प्रमुख अतिथि सिटिईभीटी सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीकी उपनिर्देशक दीपा जोशी रहनुभएको थियो ।
अस्पतालले हाल २४ घण्टे इमर्जेन्सी सेवा, शल्यक्रिया सेवा, वार्ड भर्ना, एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ल्याब, ओपीडी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, अस्थिरोग ९अर्थोपेडिक्स०, नाक कान घाँटी, मनोरोग, दन्त तथा मुख–अनुहार शल्यक्रिया लगायत विभिन्न विशेषज्ञ सेवाहरू उपलब्ध गराउँदै आएको छ ।
अस्पतालका मेडिकल डाइरेक्टर डा.सुमन चौधरीले कार्यक्रममा बोल्दै छिट्टै ५० शैयाको अस्पतालको रूपमा विस्तार गर्ने कार्य प्रारम्भ भइसकेको बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा अस्पतालमा उत्कृष्ट कार्य गर्ने कर्मचारी अनु चौधरी र एन्जलस ढकाललाई सम्मानित गरिएको थियो भने नयाँ कर्मचारीहरूलाई स्वागत गरिएको थियो । कार्यक्रममा अस्पतालका चिकित्सक, कर्मचारी र सेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
संजीवनी अस्पतालले आगामी दिनमा थप उन्नती र विस्तृत सेवामार्फत धनगढी तथा धनगढी आसपासका क्षेत्रका बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक