वैकल्पिक राजनीतिमा मुद्दा र विचार मिल्ने दलहरुसँग सहकार्य गर्छौंः डा. बाबुराम भट्टराई

Wednesday March 12, 2025

पढ्न लाग्ने समय :


नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले शुरु गरेको विकल्पको राजनीतिले कुनै पार्टी वा विचारलाई निषेध गर्ने उद्देश्य नरहेको बताउनुभएको छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले बुधवार काठमाडौंमा आयोजना गरेको नयाँ युगको कार्यभार ः वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीको वैकल्पिक राजनीतिमा मुद्दा र विचार मिल्ने दलहरुलाई रुपान्तरण गरेरे अघि बढ्ने बताउनु भयो  । उहाँले युगको आवश्यकता अनुसार विचारसहितको वैकल्पिक राजनीति शुरु गरेको दाबी गर्नुभयो । वर्तमान दलहरुले मुलुकलाई अगाडि बढाउन नसक्ने भन्दै उहाँले नयाँ विचार र नयाँ युगलाई मार्ग प्रशस्त गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले नयाँ शक्ति पार्टी कुनै दलको विचार वा आस्थाको विरुद्धमा नभइ नयाँ युगको माग भएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उदारवादी लोकतन्त्रले स्वतन्त्रता त दियो  तर पूँजीवादी अर्थतन्त्रले बजार अर्थतन्त्रले केही मान्छे धनी त बनायो तर असमानता ल्यायो भनेर पुष्पालालहरुले अर्को धार ल्याए । हामी त्यसको सम्मान गर्छौं तर अहिले त्यतिले पुगेन अब नयाँ  युगको नयाँ आवश्यकता अनुसार नयाँ विचार ः नयाँ नीति र कार्यक्रमसहितको नयाँ वैकल्पिक शक्ति चाहियो भनेर हामीले शुरु गरेको हो कसैलाई गाली वा निशेध गर्ने ढंगले हामी आएको होइन । युगको आवश्यकताले हामीले ल्याएको हो, हामी अगाडि जानु पर्छ र सम्भव भएसम्म उहाँहरु (सबै दलहरु) लाई पनि रुपान्तरण गरेर लिएर जाने हाम्रो प्रयत्न हुन्छ, मुद्दा  मिल्ने विषयमा हामी सहकार्य गर्छौं । तर उहाँहरु (अरु दलहरु) बाट मात्र पर्याप्त छैन भन्ने हाम्रो बुझाइ हो । हामीले कसैको पनि विरुद्धमा नयाँ शक्ति ल्याएको होइन । तपाईको युग र समय सकियो  अब नयाँ विचार र नयाँ युगलाई ठाउँ छोड्नुस् भन्ने हाम्रो आग्रह हो ।’

अध्यक्ष भट्टराईले पुँजीवाद र उद्योग धन्दाको विकास नभएसम्म देशमा उन्नत लोकतान्त्रिक प्रणाली नआउने भन्दै उद्यमशिलतालाई जोड  दिनुपर्ने बताउनु भयो ।  अर्थतन्त्रको नीति अनुसार सामन्तवाद भन्दा पुँजीवाद प्रगतिशील भएको उहाँको भनाइ छ ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती