विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनद्वारा पदभार ग्रहण

Tuesday June 9, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : नवनियुक्त विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन। मङ्गलवार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर मन्त्री पुनले पदभार ग्रहण गरेका हुन।

पदभार ग्रहण गर्दै मन्त्री पुनले मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन ९ओएनएम० सर्वेक्षण तयार गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे। नयाँ मन्त्रालय भएकाले यसको संरचना र कार्यदिशा तय गर्नै बाँकी रहेको भन्दै उनले शून्यबाट काम अगाडि बढाउने बताउनुभयो। उहाँले विज्ञान तथा प्रविधि क्षेत्रको विकासका लागि आफूले पूर्ण समर्पणका साथ काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले भने, “यो नयाँ मन्त्रालय भएकाले यसको ओएनएम गर्नै बाँकी छ। अब ओएनएम गरेर के कसरी अगाडि बढ्ने भन्ने कुरामा जिरो ९शून्य० बाट अगाडि बढ्नुपर्ने हुन्छ। हामीले विज्ञान र प्रविधि क्षेत्रको विकासका लागि रातदिन नभनी काम गर्ने हो। म नागरिकलाई पनि के भन्न चाहन्छु भने म यो पदमा धेरै दिन बस्दिनँ। म तीन वर्ष मन्त्री भएर काम गर्ने हो, त्यसपछि नयाँ युवा भाइहरूलाई नेतृत्व हस्तान्तरण गर्ने हो।”
मन्त्री पुनले आफू तीन वर्षसम्म मात्र मन्त्रालयको नेतृत्व गर्ने र मन्त्रालयलाई संस्थागत रूपमा बलियो आधार दिएर नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिने आफ्नो योजना रहेको स्पष्ट पारे।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक