विचाराधीन विधेयकलाई प्रभावकारी रुपमा अघि बढाउन सभामुख घिमिरेद्वारा निर्देशन

Wednesday August 30, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । सभामुख देवराज घिमिरे र दश विषयगत समितिका नवनिर्वाचित सभापतिबीच पहिलो बैठक बसेको छ ।

आज बसेको बैठकमा विचाराधीन विधेयकहरू अगाडी बढाउने र समितिको कामकारबाहीलाई प्रभावकारी र चुस्त बनाउने विषयमा छलफल भएको हो ।

आजको बैठकमा सभामुख घिमिरेले संसदीय समितिको प्रभावकारी सञ्चालनका साथै विचाराधीन विधेयकलाई शीघ्र रुपमा अघि बढाउन समितिका सभापतिलाई निर्देशन दिए ।

उपसभामुख, सचिवालयका सचिव र दश विषयगत समितिका नवनिर्वाचित सभापतिसँगको पहिलो बैठकमा उनले समितिको कार्यसञ्चालन कसरी गर्ने, कार्यसञ्चालनको वर्तमान स्थिति, विधेयकको अवस्थाका विषयमा छलफल गर्दै प्रभावकारी कार्य सञ्चालनका लागि निर्देशन दिएका हुन् ।

बैठकपछि सभामुख घिमिरेले समितिले गतिका साथ काम गर्नुपर्ने, सभाले लिएका दायित्वहरू समितिमार्फत पुरा गर्ने र समितिका कामहरूलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

“संसद्को प्रभावकारिता भनेको संसदीय समितिको प्रभावकारीता हो । विषेश किसिमका विधेयक समितिमा गएका छन् । अब आउने विधेयक पनि समितिमै जान्छन्”, बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने, “समितिले विधेयकलाई सरोकारवालासँग प्रभावकारी रुपमा छलफल गरेर छिट्टो टुङ्ग्याउने र सभामा ल्याउने काममा अघि बढ्नुपर्छ ।”

अर्थ समितिको सभापति सन्तोष चालिसेले समिति सभापतिको भूमिका, विधेयकहरू अगाडी बढाउने विषय र समितिका कामलाई चुस्त बनाउनेलगायत विषयमा आजको बैठकमा छलफल भएको बताए ।

“सभामुख र सचिवले सभापतिको भूमिकाअन्तर्गतर रही छिटोछरितो र चुस्त काम गर्नुपर्ने विषयमा छलफल भएको छ”, उनले भने, “सभामुखले पनि सभापतिले आफ्नो भूमिका इमान्दारिताका साथ अघि बढाउन र प्रभावकारी कार्यसम्पादनका लागि निर्देशन दिएका छन् ।”

कानून, न्याय तथा मानव अधिकार समितिको सभापति विमला सुवेदीले समितिमा रहेका विधेयक र समितिको कामलाई प्रभावकारी रूपमा अगाडी बढाउन र गम्भीर भएर काममा लाग्न सभामुखले  गरेको बताए ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको