लुटपाटमा संलग्नलाई पक्राउ गर्दै सुरक्षाकर्मी

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

काठमाडौंको महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाट गर्नेमध्येका चार जना पक्राउ परेका छन् ।

मंगलबार रातीदेखि देशभर नेपाली सेना सहितको सुरक्षा फौज परिचालन भएपछि लुटपाट तथा अन्य अपराधिक गतिविधिमा संलग्न रहेकाहरुलाई नियन्त्रणमा लिने क्रम जारी छ । बुधबार बिहानदेखि विभिन्न ठाउँमा तोडफोड, तथा चोरी कार्यमा सलंग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गर्ने क्रम जारी छ ।

डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपछि रकम छोडेर भागेको बताइएको । सुरक्षा फौजले २ लाख ३२ हजार पाँच सय नेपाली रुपैयाँ र अमेरिकी डलर २ हजार ५ सय बरामद गरेको जनाइएको छ । त्यस्तै, मंगलबार सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक थान सहित हालसम्म ३२ थान हतियार बरामद भइसकेको छ ।


भर्खर

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।

हत्या मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

धनगढी : कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ ।

नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम धनगढीमा सुरु

धनगढीः नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको