लुटपाटमा संलग्नलाई पक्राउ गर्दै सुरक्षाकर्मी

Wednesday September 10, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २५ गते ।

काठमाडौंको महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाट गर्नेमध्येका चार जना पक्राउ परेका छन् ।

मंगलबार रातीदेखि देशभर नेपाली सेना सहितको सुरक्षा फौज परिचालन भएपछि लुटपाट तथा अन्य अपराधिक गतिविधिमा संलग्न रहेकाहरुलाई नियन्त्रणमा लिने क्रम जारी छ । बुधबार बिहानदेखि विभिन्न ठाउँमा तोडफोड, तथा चोरी कार्यमा सलंग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गर्ने क्रम जारी छ ।

डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपछि रकम छोडेर भागेको बताइएको । सुरक्षा फौजले २ लाख ३२ हजार पाँच सय नेपाली रुपैयाँ र अमेरिकी डलर २ हजार ५ सय बरामद गरेको जनाइएको छ । त्यस्तै, मंगलबार सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक थान सहित हालसम्म ३२ थान हतियार बरामद भइसकेको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि