लागुऔषधसहित एकै दिन ८ जना पक्राउ
पढ्न लाग्ने समय :
धनगढी : लागुऔषधसहित एकै दिन आठ जना पक्राउ परेका छन्। नेपाल प्रहरीले विभिन्न स्थानहरुबाट आइतवार मात्र आठ जनालाई पक्राउ गरेको बताएको छ।
कैmलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकबाट २ किलोग्राम ५८ ग्राम चरेशसहित ६९ वर्षीय डम्बरबहहादुर शाही पक्राउ परेका छन्। उनीसहित एक अर्का व्याक्तिसमेत आइतवार साँझ लागुऔषध नियन्त्रण ब्युरो शाखा धनगढीले वडा प्रहरीको टोलीले पक्राउ परेको हो।
कञ्चनपुरको बेलौरी नगरपालिका–१० बाट ८ सय ३० मिलिग्राम खैरो हेरोइनसहित शुक्लाफाँटा नगरपालिका–५ प्रगती टोलका २४ वर्षीय हरिश भट्ट पक्राउ परेका छन। भारतबाट नेपालतर्फ आउँदै गरेको से.७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका–१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ७० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने २ जना १८ वर्षीय किशोरहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट ६ ग्राम ६ सय ८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित ३२ वर्षीय पासाङ काजी पक्राउ परेका छन्। उनको साथबाट बा. ३८ प ६९२३ नम्बरको मोटरसाइकलसहेत बरामद गरिएको छ।
यता, कपिलवस्तुको कृष्णनगर नगरपालिका–३ झण्डिनगरबाट नौ सय ३० मिलिग्राम खैरो हेरोइनसहित भारतका २३ वर्षीय मोहसिन हाशमी पक्राउ परेका छन। भारतबाट नेपाल तर्फ आउदै गरेका उनलाई लागुऔषधसहित पक्राउ गरिएको हो। भारतीय २३ वर्षीय दिपेन्द्र काश्यपसमेत पक्राउ परेका छन।