रुसद्वारा सिरिया र इराकमा भएको अमेरिकी हमलाको निन्दा

Sunday February 4, 2024

पढ्न लाग्ने समय :


रुसले सिरिया र इराकमा अमेरिकी आक्रमणको कडा निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मार्फत पछिल्लो घटनाक्रमको तत्काल समीक्षा गर्न माग गरेको रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले बताएका छन् ।

इराक र सिरियामा रणनीतिक वमवर्षक सहितको अमेरिकी हवाई आक्रमणले, मध्य पूर्वमा अमेरिकी नीतिको आक्रामक प्रकृति र वाशिङ्गटनको अन्तर्राष्ट्रिय कानूनको पूर्ण अवहेलना गर्ने प्रवृत्ति देखिएको जाखारोभाले उल्लेख गरेका छन् ।

प्रवक्ताले संयुक्त राज्य अमेरिकाले जानाजानी हमला गरेर यस क्षेत्रका ठूला देशहरूलाई द्वन्द्वमा फसाउन खोजेको बताए । जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरमा भएको घातक हमलाको बदलास्वरूप अमेरिकाले शुक्रबार सिरिया र इराकमा रहेको इरानसँग सम्बन्धित मिलिशियाका लक्ष्यहरूमा आक्रमण गरेको थियो ।


भर्खर

वनमा अवैध बसोबास हटाउने कार्य सुरु

धनगढी : कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा बढ्दो अतिक्रमण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ।

हत्या मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ

धनगढी : कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २७ वर्षपछि पक्राउ गरेको छ ।

नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम धनगढीमा सुरु

धनगढीः नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको