रास्वपा महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान

Wednesday June 24, 2026

पढ्न लाग्ने समय :


चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी प्रथम राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय माध्यमबाट मतदान गरिने भएको छ । मतदान प्रक्रियालाई सहज, व्यवस्थित र छिटो छरितो बनाउन महाधिवेशन स्थलमा ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग गर्ने तयारी गरिएको छ।

मतदानका क्रममा एक जना प्रतिनिधिलाई आफ्नो मत सङ्केत गर्न करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने निर्वाचन समितिले अनुमान गरेको छ। सोही समय अवधिलाई ध्यानमा राख्दै महाधिवेशन प्रतिनिधिलाई मतदान प्रक्रियाबारे पूर्वजानकारी दिन र प्राविधिक रूपमा अभ्यस्त गराउन अहिले महाधिवेशन स्थलमा नमुना ९डेमो० मतदान सञ्चालन भइरहेको छ।

परम्परागत मतपत्रको तुलनामा मत गणना कार्यलाई निकै छिटो र पारदर्शी बनाउने विश्वास पार्टीले लिएको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक