रास्वपा डडेल्धुराको सभापतिमा अवस्थी

Monday June 8, 2026

पढ्न लाग्ने समय :


डडेल्धुराः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डडेल्धुरा जिल्लाको प्रथम जिल्ला अधिवेशनबाट इन्जिनियर सुरेन्द्र अवस्थी सभापतिमा चयन भएका छन्।

शनिवार उद्घाटन भएको अधिवेशनले अधिकांश पदहरू सर्वसम्मत रूपमा चयन गरे पनि उपसभापति र सचिव पदमा सहमति जुट्न नसकेपछि आइतवार मतदानमार्फत नेतृत्व चयन गरिएको थियो।

उपसभापति पदका लागि भएको निर्वाचनमा मदन धामी कुशलले ९९ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी चन्द्रबहादुर खड्काले २७ मत प्राप्त गरेका थिए।

यस्तै, सचिव पदमा टंक अवस्थी ६८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी अमरगढी नगरपालिकाकी पूर्व उपप्रमुख संगिता भण्डारीले ६० मत प्राप्त गरिन्।

अधिवेशनबाट उपसचिवमा बासु पाण्डेय चयन भएका छन् भने सदस्यहरूमा मिना फुलारा, देवसिंह भाट, चन्द्रदेव कुँवर, सन्तोष ऐर र जितेन्द्र जैरु निर्वाचित भएका छन्। कोषाध्यक्ष पद भने पछि मनोनयन गरिने जनाइएको छ।

रास्वपाको डडेल्धुरा जिल्ला समितिको पहिलो अधिवेशनमै विभिन्न समूहबिच मतभेद देखिएपछि सबै पदाधिकारी सर्वसम्मत रूपमा चयन गर्ने प्रयास सफल हुन सकेन। त्यसपछि उपसभापति र सचिव पदका लागि निर्वाचन गराइएको थियो।

जिल्ला अधिवेशनमा कुल १७१ जना प्रतिनिधिको सहभागिता रहेको थियो। सभापतिमा चयन भएका अवस्थी पुनः जिल्ला सभापतिमा चयन भएका हुन।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक