राष्ट्रपतिको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वदलीय बैठक बोलाएका छन् । संसदमा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले आज बिहान आठ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई शीतलनिवास बोलाइएको छ । सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

यसअघि सभामुख देवराज घिमिरे र राष्ट्रपतिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति पौडेललाई भेटेर संसदको गतिरोध अन्त्यको लागि पहल गर्न आग्रह गरेका थिए । त्यस्तै राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका थिए ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ