राष्ट्रको समृद्धि र दिगो विकासका लागि सबैले एकतावद्ध भएर सहकार्य गर्नुपर्छः राष्ट्रपति

Monday March 3, 2025

पढ्न लाग्ने समय :


राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको समृद्धि र दिगो  विकासका लागि सबैले एकतावद्ध भएर सहकार्य गर्नुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रपति कार्यालयमा आयोजित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार समर्पण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नैतिक, मूल्य,मान्यता र सदाचार सभ्य समाजको मेरुदण्ड भएको बताउनु भयो । उहाँले समृद्धि र दिगो विकासका लागि वित्तीय सफलताका साथै नैतिकता, समानता र सेवाभावको कार्य गर्नुपर्ने बताउनु भयो । भावि पुस्तालाई सकारात्मक परिवर्तनका लािग परिलक्षित संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा एकतावद्ध हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नैतिक मूल्य, मान्यता, सदाचार र योग कुनैपनि सभ्य समाजका मेरुदण्ड हुन् । स्थायित्व, समृद्धि र समतामुलक समाज निर्माणका लागि यी गुणहरु अनिवार्य छन् । जब कुनै समाजले नैतिकता, अनुशासन र इमान्दारीतालाई  सम्मान गर्छ त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुद हुन्छ । जस्को स्मृतिमा यो पुरस्कार स्थापना गरिएका छन् उहाँहरुले देखाउनुभएको मार्गले आज कयौँलाई प्रेरित गरेको छ । समाजलाई समुन्नत बनाउने जिम्मेबारी हाम्रो साझा दायित्व हो । केबल वित्तीय सफलताले मात्रै पर्याप्त हुँदैन । हामीले समाज, राष्ट्र र भावि पुस्ताका लागि सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नुपर्छ । नैतिकता, समानता र सेवाभावका साथ अघि बढेमात्र देशको समृद्धि र दिगो विकास सम्भव हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको मार्ग पनि यही हो । यस मार्गमा हामी सबैले एकताबद्ध भएर सहकार्य गर्न आवश्यक छ ।’

कार्यक्रममा नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार क्रमशः प्राध्यापक डा. विद्यानाथ उपाध्याय भट्ट र पूर्वप्रधानन्यायाधीश तथा मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीलाई समर्पण गरिएको थियो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको