रामेछाप कारागारमा कैदी भाग्ने खोजेपछि गोली प्रहार, दुईको मृत्यु, ११ घाइते

Thursday September 11, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २६ गते ।

रामेछाप कारागारमा कैदीबन्दीहरु कारागार तोडेर भाग्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाएको छ । गोली लागेर दुई जना कैदीको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बिहीबार बिहान कैदिबन्दीले ताल्चा फोडेर भाग्न खोजेपछि सुरक्षा फौजले गोली चलाउनु परेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । भाग्न खोजेका कैदीबन्दीहरुलाई सम्झाउँदा कुनै सीप नलागेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रजिअ थापाले बताए । सुरक्षा अधिकारीहरुले सम्झाउँदा पनि नमानेर कैदीबन्दीहरुले नाराबाजी गर्दै बलपूर्वक जेल तोडेपछि स्थिति तनावग्रस्त भएको बताइएको छ । जिल्ला प्रशासनका अनुसार अहिले कारागार पूर्ण रुपमा प्रशासनको नियन्त्रणमा रहेको छ । रामेछाप कारागारमा १६ महिला र ३१८ पुरुष सहित ३३४ जना कैदीबन्दी रहेका छन् ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको