राजमार्ग सञ्चालन गर्न सरकारले प्राथमिकता दिएको छ : मन्त्री ज्वाला

Saturday August 19, 2023

पढ्न लाग्ने समय :


सुदूरपश्चिम ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहिरोले अवरुद्ध हुनपुगेको धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गको बूढीतोला सडक खण्ड सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

पहिरो प्रभावित भीमदत्त राजमार्गको बूढीतोला सडक खण्डको आज स्थलगत अनुगमन निरीक्षण गर्दै मन्त्री ज्वालाले सुदूरपश्चिम प्रदेशको महत्त्वपूर्ण भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रतिसरकारको ध्यान गएको बताए ।

उक्त सडक खण्डमा गत साउन २२ गते राति गएको पहिरोसँगै सडकसमेत भाँसिदा झण्डै एक हप्तासम्म आवागमन ठप्प भएको थियो । पहिरो पञ्छाई केही समय यातायात आवागमन आंशिकरुपमा सञ्चालन गरिए पनि पहिरो जाने क्रम नरोकिँदा सडक समस्या भइरहेको छ । उक्त सडक खण्डमा पहिरो पञ्छाउने काम आजसम्म पनि जारी छ ।

उक्त खण्डमा दुई तर्फी यातायात सञ्चालन गर्न समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । सडक खण्डको झण्डै चारसय मिटर लामो भागमा माथिबाट ठूलो पहिरो खसेको थियो भने एकसय मिटर लामो भागमा सडकमा भासिँएको  थियो ।

यो राजमार्गले सुदूरपश्चिम प्रदेशका पहाड र तराईका सबै जिल्लालाई सडक सञ्जालले जोडेको छ । मन्त्री ज्वाला नेतृत्वको अनुगमन निरीक्षण टोलीमा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीसमेत सहभागी रहेका थिए ।


भर्खर

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती

धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान