राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्छः अध्यक्ष दाहाल

Saturday January 4, 2025

पढ्न लाग्ने समय :


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्र्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले देशको स्थिति अलि गम्भीर र जटिल अवस्थामा रहेको बताउनु भयो । उहाँले देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्ने बताउनु भयो । उहाँले राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो । उहाँले राजनीति नीतिहरुको राजा भएकाले राजनीति सफा हुनुपर्ने बताउनु भयो । सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति सहकार्य गर्न आफू तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्थिति अलिकति गम्भीर र जटिल छ भन्नेकुरा हो । देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम भएन, राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्छ । राजनीति नीतिहरुको राजा हो भनिन्छ । त्यसकारण राजनीति सफा भएन, राजनीति सही नियतअनुसार अघि बढेन भने त्यसको नकारात्मक प्रभाव चौतर्फी पर्छ नै । हामीले त्यसको सफाई गर्नैपर्छ । त्यो सफाई गर्नकै लागि नै मैले राजनीनिक नेतृत्व तहमा पनि लगातार संवाद नगरेको होइन, के सत्ता पक्ष, के प्रतिपक्ष । तपाईंहरुले रेकर्ड हेर्नुभयो भने यति धेरै सत्ता पक्ष र प्रतिपक्षका बैठक भएका छन् । यति धेरै सहमतिको प्रयास गरिएको छ । तर दुर्भाग्य अहिले सत्ता पक्ष र प्रतिपक्षको बीचमा त्यस खालको संवाद रोकिएको छ । त्यसलाई अगाडि बढाउने भन्दा प्रतिपक्ष कहिले कहिले भन्ने गरिन्छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा । हामी विगतदेखि यो कुरा देखेकै कुरा हो । सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति म प्रधानमन्त्री हुँदा पनि त्यही कुरा भनेको थिएँ, सबै सेटिङ भत्काएर विकासको पहल गरेको थिएँ, अहिले प्रतिपक्षमा हुँदा पनि त्यही कुरा भनेको छु ।’

अध्यक्ष दाहालले साना तथा मझौला उद्योगी, व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिसमा बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनुपर्ने, भन्सार दर समय सापेक्ष परिमार्जन गर्नेपर्ने, शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नका लागि वैज्ञानिक घर भाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाणपत्र प्रदान गरेपश्चात पुनरावलोकन हुन नहुने लगायतका महासंघका एजेण्डा समय सान्दर्भिक रहेको बताउनु भयो ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ