म्यानमारले आपतकालको अवधि थप ६ महिना थप्यो

Sunday February 2, 2025

पढ्न लाग्ने समय :


म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले देशमा आपतकालको अवधि ६ महिना थप गरेको छ । शुक्रवार नेपि तावमा आयोजित बैठकमा उपस्थित सबै सदस्यहरूले आपतकालीन अवधि बढाउन सहमति जनाएका छन् । राज्यको संविधानको धारा ४२५ अनुसार यो अवधि थप गरिएको छ । निर्वाचन सफल रूपमा सम्पन्न गर्न आवश्यक पर्ने काम र त्यसलाई कार्यान्वयन गर्न शान्ति र स्थिरताको आवश्यकताका कारण यो अवधि थप गरिएको हो ।

बैठकले निर्वाचन तयारी, कृषि तथा पशुजन्य उत्पादनको उत्पादन वृद्धि, राष्ट्रिय विकासको लागि शिक्षा क्षेत्रलाई बढाउने प्रयास र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेको थियो । यसका साथै बैठकले विपद् पछिको पुनस्र्थापना कार्यहरू र सशस्त्र द्वन्द्व अन्त्य गर्ने र दिगो शान्ति प्राप्त गर्ने प्रयासहरूसँग सम्बन्धित विषयमा पनि छलफल गरेको रिपोर्टमा उल्लेख छ । म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षको लागि आपत्काल घोषणा गरेको थियो ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको