म्यानमारले आपतकालको अवधि थप ६ महिना थप्यो

Sunday February 2, 2025

पढ्न लाग्ने समय :


म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले देशमा आपतकालको अवधि ६ महिना थप गरेको छ । शुक्रवार नेपि तावमा आयोजित बैठकमा उपस्थित सबै सदस्यहरूले आपतकालीन अवधि बढाउन सहमति जनाएका छन् । राज्यको संविधानको धारा ४२५ अनुसार यो अवधि थप गरिएको छ । निर्वाचन सफल रूपमा सम्पन्न गर्न आवश्यक पर्ने काम र त्यसलाई कार्यान्वयन गर्न शान्ति र स्थिरताको आवश्यकताका कारण यो अवधि थप गरिएको हो ।

बैठकले निर्वाचन तयारी, कृषि तथा पशुजन्य उत्पादनको उत्पादन वृद्धि, राष्ट्रिय विकासको लागि शिक्षा क्षेत्रलाई बढाउने प्रयास र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेको थियो । यसका साथै बैठकले विपद् पछिको पुनस्र्थापना कार्यहरू र सशस्त्र द्वन्द्व अन्त्य गर्ने र दिगो शान्ति प्राप्त गर्ने प्रयासहरूसँग सम्बन्धित विषयमा पनि छलफल गरेको रिपोर्टमा उल्लेख छ । म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षको लागि आपत्काल घोषणा गरेको थियो ।


भर्खर

कैलालीको चिसापानीमा जाल्पादेवी केबलकारको पोल ठड्याउने काम सुरु

कैलालीः आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली, चिसापानीमा निर्माणाधीन जाल्पादेवीमा केबलकार जडानको लागि पोल ठड्याउने काम

कञ्चनपुरमा १८ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्त पक्राउ

कञ्चनपुर : जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर

कञ्चनपुरमा १८ कठ्ठा गहुँ बाली जलेर नष्ट, गुजाराको पिरलो

कञ्चनपुरः खेतमा गहुँ पाकेर काट्ने तयारीमा रहेका कञ्चनपुरको पुनर्वास नगरपालिका–९ का स्थानीय दल बहादुर खाती