मोहना नदीमा बेपत्ता रहेका चौधरीको शव फेला

Sunday July 5, 2026

पढ्न लाग्ने समय :


धनगढी : मोहना नदीमा डुबेर बेपत्ता भएका कैलालीको कैलारी गाउँपालिका –७ भुइयाँफाँटाका ५० वर्षीय खोजराम चौधरीको शव भेटिएको छ ।

मोहना नदी पारिरहेको खेत ९कगलहर० मा पानी तान्ने बोरिङको पाइप लिएर जाने क्रममा शनिबार विहान उहाँ डुबेर बेपत्ता हुनुभएको थियो । त्यसदिन दिनभरी खोजीकार्य गर्दा पनि नभेटिएको चौधरीको शव डुबेकोे भन्दा करिब तीन किलोमिटर तल हौसलपुर क्षेत्रमा फेला परेको हो ।

सीमावर्तीय भारतीय गाउँ गोलबोझियाका स्थानीयले नदीमा शव बगिरहेको देखेपछि सम्बन्धित गाउँका स्थानीयलाई खबर गरेका थिए । बीओपी भुइयाँफाँटाबाट गएको सशस्त्र प्रहरीको टोली र स्थानीयले हौसलपुरस्थित झोलुङ्गे पुल क्षेत्रमा शव भेटाएका छन् ।

गतवर्ष पनि मोहना नदी पारिरहेको खेतमा जानेक्रममा सोही गाउँका एक अर्का व्यक्तिको डुबेर मृत्यु भएको थियो । मोहना नदीले कटान गरेपछि केही स्थानीयको खेती मोहना नदी पारिरहेको छ । उनीहरु हरेक वर्ष जोखिम मोलेर खेतीपाती गर्न पारिजाने गरेका जनाइएको छ ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको