मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाइरहेको छः सांसद श्रेष्ठ

Thursday March 6, 2025

पढ्न लाग्ने समय :


नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाएको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो । सामाजिक सञ्जालमा हेर्न नसकिने शब्दहरु भेटिने गरेको उहाँको भनाइ छ ।

नेतृत्वविरुद्ध हुटिङ गर्ने र अपशब्द प्रयोग गर्ने कुरामा दलका कार्यकर्ताहरु रमाइरहेको उहाँको जिकिर छ । उहाँले  यही प्रवृत्तिको विकास गर्यो भने देश कतातिर जान्छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज देशमा अराजकता, उदण्डताहरुले प्रश्रय पाएको छ । आज सामाजिक सञ्जालहरुमा हेर्नै नसकिने शब्दहरु लेखिएको हुन्छ । आज देशमा अपशब्दहरु प्रयोग गर्ने, हुटिङ गर्ने कुरामा हाम्रा दलका साथिहरु रमाइरहेका छन् । म उहाँहरुलाई के भन्न चाहन्छु भने हामीले यस्तो समाज निर्माण गर्यौंं भने हामी देश कतातिर लग्नसक्छ ?’
उहाँले संसदको ध्यान समेत मुलुकको विकास र जनहितमा जान नसकेको टिप्पणी गर्नुभयो । उहाँले सबैभन्दा बढी उद्योगीहरु कालोसूचीमा परेको कारण आर्थिक सुधार गर्नतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि