मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाइरहेको छः सांसद श्रेष्ठ

Thursday March 6, 2025

पढ्न लाग्ने समय :


नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाएको बताउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो । सामाजिक सञ्जालमा हेर्न नसकिने शब्दहरु भेटिने गरेको उहाँको भनाइ छ ।

नेतृत्वविरुद्ध हुटिङ गर्ने र अपशब्द प्रयोग गर्ने कुरामा दलका कार्यकर्ताहरु रमाइरहेको उहाँको जिकिर छ । उहाँले  यही प्रवृत्तिको विकास गर्यो भने देश कतातिर जान्छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज देशमा अराजकता, उदण्डताहरुले प्रश्रय पाएको छ । आज सामाजिक सञ्जालहरुमा हेर्नै नसकिने शब्दहरु लेखिएको हुन्छ । आज देशमा अपशब्दहरु प्रयोग गर्ने, हुटिङ गर्ने कुरामा हाम्रा दलका साथिहरु रमाइरहेका छन् । म उहाँहरुलाई के भन्न चाहन्छु भने हामीले यस्तो समाज निर्माण गर्यौंं भने हामी देश कतातिर लग्नसक्छ ?’
उहाँले संसदको ध्यान समेत मुलुकको विकास र जनहितमा जान नसकेको टिप्पणी गर्नुभयो । उहाँले सबैभन्दा बढी उद्योगीहरु कालोसूचीमा परेको कारण आर्थिक सुधार गर्नतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।


भर्खर

धनगढीमा गाँजासहित पाँच जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट गाँजासहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर

कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धनगढी : कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदनी

युएईमाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसिसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि