महेन्द्रनगरमा सुकुम्बासी बस्ती हटाउने तयारी विरुद्ध प्रदर्शन

Thursday May 14, 2026

पढ्न लाग्ने समय :


कञ्चनपुर : सरकारले अध्ययनबिनै सुकुम्बासी बस्ती खाली गराउन खोजेको भन्दै त्रसित बनेका सुकुम्बासीहरूले महेन्द्रनगरमा प्रदर्शन गरेका छन् । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले बस्ती उठीबास गराउने सरकारी निर्णयविरुद्ध बिहीबार महेन्द्रनगर बजार परिक्रमा गर्दै शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।
उनीहरूले “जमिन कसको ? जोत्नेको”, “भूमि समस्या समाधान गर”, “सुकुम्बासीलाई लालपुर्जा दे”, “दमन बन्द गर”, “सुकुम्बासीलाई झुक्याउन पाइँदैन, डोजर हामीलाई चाहिँदैन” लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
भूमिहीन सुकुम्बासी सङ्घका केन्द्रीय सचिव आनन्द धामीले सुकुम्बासी बस्तीमा पुगेर सरकारी प्रतिनिधि तथा प्रहरीले पटक–पटक सोधपुछ गर्दै हैरानी दिने गरेको भन्दै आफूहरू त्रसित बनेको बताए ।
देशव्यापी कार्यक्रमअन्तर्गत बिहीबार महेन्द्रनगरमा पनि प्रदर्शन गरिएको उनले जानकारी दिए । महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा बसोबास गर्दै आएका करिब ६ सय भूमिहीन सुकुम्बासी पछिल्लो समय त्रसित बनेपछि शान्तिपूर्ण आन्दोलनमा उत्रिएको उनले बताए।
सरकारले न्यायोचित ढङ्गले छानबिन गरेर उचित विकल्प दिएपछि मात्रै बस्ती खाली गराउनुपर्ने उनले माग गरे । हाल बसोबास गर्दै आएको स्थानमै जमिन उपलब्ध गराउन सकिने भए सोही ठाउँमा व्यवस्था गर्नुपर्ने, अन्यथा विकल्पसहित उचित स्थान उपलब्ध गराउनुपर्ने उनले बताए ।
बस्ती खाली गर्न सूचना जारी गरिएपछि आन्दोलनमा उत्रिनुपरेको सालघारीस्थित ग्रिन टोलका उपाध्यक्ष मोतीलाल ओडाउले बताए । भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले उचित व्यवस्थापनबिना उठीबास गराउन खोजिए सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।