मतदान केन्द्रमा कर्मचारी, मतदानका लागि तयारी गर्दै

Tuesday March 3, 2026

पढ्न लाग्ने समय :


धनगढी : आगामी बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका तोकिएका मतदान स्थल र केन्द्रमा निर्वाचनको आवश्यक तयारी तिब्र बनाइएको छ। निर्वाचनमा खटिएका कर्मचारीहरूले मङ्गलवारदेखि निर्वाचनको तयारी गरिरहेका हुन्।

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिकामा रहेका मतदान केन्द्र्रहरूमा तयारी अघि बढाइएको कर्मचारीहरूले बताएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित जनता राष्ट्रिय मावि राजपुर घ केन्द्रका मतदान अधिकृत दीपक थापाले निर्वाचनका लागि आवश्यक सबै सामग्रीसहित तयारी भइरहेको बताए। उनले भने, ‘चार वटा मतदान केन्द्रहरु छन्। निर्वाचनको २ दिन बाँकी छन्। निर्वाचन कार्यालय र मुख्यनिर्वाचन कार्यालयबाट सामान ल्याएका छौ। सुरक्षाकर्मीसहित कर्मचारी आएका छौ। सूचनाहरू सार्वजनिक गरेका छौ। राजनीतिक दल, नागरिक समाजसँग छलफल गरेका छौ। कर्मचारीको बिचमा पनि छलफल गरेका छौ। कार्य विभाजन गरेका छौ। बाँसहरू गाडिरहेका छौ। मतदान पेटीका, कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरू राख्ने ठाउँ बनाउदैछौ।’

मतदान स्थल र केन्द्रमा कुनै पनि प्रकारको हातहतियार, मदिरा, निर्वाचन प्रचारप्रसारमा रोक लगाइएको छ। मतदान केन्द्रहरूमा मतदानका लागि महिला, पुरुष तथा अन्य गरेर लाइन विभाजनको काम जारी रहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित राष्ट्रिय तुलसीराम मावि मतदान केन्द्रका मतदान अधिकृत सुरेन्द्रसिंह कार्कीले आवश्यक तयारी भइरहेको बताए। उनले भने, ‘हामी हिजो मतदान स्थलमा आएका हौ। सबै कर्मचारीहरू आएका छौ। प्रहरी पनि आएका छन्। मतदान केन्द्र निर्माण गर्दै छौ। पाँच हजार मतदाता रहेका छन्।’


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको