भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन

Sunday May 12, 2024

पढ्न लाग्ने समय :


काँक्रेविहार (सुर्खेत) । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले भेरी करिडोरका निर्माणाधीन पुल तथा सडकको निरीक्षण गरेका छन् ।

करडोरका १३ वटा पुल तथा तीन सय १६ किलोमिटर सडकखण्डमध्ये ५६ किलोमिटर क्षेत्रमा भइरहेको कामको जानकारी लिनुका साथै निर्माण व्यवसायीलाई काममा तीव्रता दिन मन्त्री बुढाले निर्देशन दिएका छन् । उनले निर्माण व्यवसायीलाई ताकेता गरी काममा फर्काउन भेरी करिडोर आयोजनाका प्रमुख सुनिल रञ्जितकारलाई निर्देशन दिएका हुन् ।

निर्माणाधीन तल्लुस्थित पुल लामो समयदेखि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको गुनासो बढिरहेकामा मन्त्री बुढाले मन्त्रालयका सचिव, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई एकै ठाउँमा राखेर छलफल गरेका छन् । डोल्पाको दुनैबाट उपल्लो डोल्पाको तिन्जे लासिक्यापसम्म सडक निर्माण गर्न ठेक्का लागे पनि काम सन्तोषजनक नभएको स्थानीयको गुनासो छ ।


भर्खर

जुवातास खेलिरहेका ९ जना पक्राउ

धनगढी: बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित प्रकाश बिकको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले

अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्याे फिफा विश्वकपको उपाधि

काठमाडौं : अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित

धनगढीमा सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार गर्ने गिरोहका दुई भारतीयसहित ९ जना नियन्त्रणमा

धनगढी:  कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका–४ स्थित एक फ्ल्याटबाट सफ्टवेयरमार्फत अवैध मुद्रा कारोबार (हुण्डी) सञ्चालन गरिरहेको