भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्रीसहित २३ जना दोषी ठहर

Wednesday July 8, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगिएको प्रकरणमा जिल्ला अदालत काठमाडौँले दुई पूर्वमन्त्रीसहित उच्च प्रशासकको संलग्नता ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायतलाई मुद्दामा दोषी ठहर गरेको हो ।
अदालतमा उपस्थित भएका सात प्रतिवादीले अभियोगबाट सफाइ पाएका छन् । सफाइ पाउनेमा रायमाझीका छोरा सन्दीपसमेत छन।

कसुर ठहर भएका प्रतिवादीको हकमा असार २९ गते सजाय निर्धारण गर्ने पेसी तोक्न आदेश गरिएको छ । तीन वर्षभन्दा बढी समयमा सुरु अदालतले बहुचर्चित मुद्दामा अन्तिम फैसला सुनाएको हो । अदालतले सरकारी लिखत किर्ते, सङ्गठित अपराध, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा समेत अदालतले प्रतिवादीलाई दोषी ठहर गरेको छ । २०८० जेठ १० गते उच्च राजनीतिज्ञ र प्रशासकलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । सरकारले एउटै विषयमा चार वटा फरक फरक क्लस्टरमा मुद्दा हालेको थियो ।


भर्खर

बर्दियामा लोपोन्मुख वन्यजन्तु ‘ओद’ को छालासहित एक युवक पक्राउ 

बर्दियाको राजापुर नगरपालिका–१ दौलतपुरबाट लोपोन्मुख वन्यजन्तु ओदको छालासहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी

कैलालीमा ईभी दुर्घटना

धनगढी : कैलालीमा ईभी हाईस दुर्घटना हुँँदा तीन जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग

काठमाडौँको गेस्ट हाउसमा धनगढीकी युवतीको हत्या

काठमाडौँ : काठमाडौँको नयाँ बसपार्क स्थित गेस्टहाउसमा मृत भेटिएकी निशा सुनुवारको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको