भारतीय गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

Monday July 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीमा भारतीय गाडीले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ ।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडी चोकमा युपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई आइतबार राति पौने १० बजेतिर ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार बैतडीको सिगास गाउँपालिकाका ४८ वर्षीय पदम चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई उपचारका लागि तत्कालै माया मेट्रो अस्पताल लगिएको थियो ।
तर, उनको उपचारका क्रममा राति पौने ११ बजेतिर मृत्यु भएको हो । मोटरसाइकल चालक गौतम ऐर भने सकुशल रहेका छन् । दुर्घटनापछि भारतीय नम्बरको गाडी र चालक फरार भएका छन् । गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक