भारतमा लुकेर बसेका १३ अभियुक्तलाई सुदूरपश्चिम प्रहरीले धनगढी ल्यायो

Tuesday June 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरीले १३ जनाको अपराधिक समूहलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ।  नेटवर्किङ स्क्याम (ठगी) सम्बन्धि घटनाको अनुसन्धान गर्दा पक्राउ गरेर उनीहरूलाई नेपाल ल्याइएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले  उनीहरूलाई समातेर धनगढी ल्याएको हो। भारतको उत्तराखण्डस्थित एक सहरबाट समातिएका उनीहरूलाई प्रहरीले भने कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी नाकाबाट नियन्त्रणमा लिई नेपाल भित्र्याएको दाबी गरेको छ।

पक्राउ पर्नेहरूमा सागर विक, सुरज विक, प्रकाश अर्याल, दिनेश काफ्ले, पंकज विक, रित भुजेल, दीपेश तामाङ, रामबलक मण्डल, प्रभाष विक, सुमन घिमिरे, धिरज सुनुवार, विक्रम परियार र विशाल खत्री रहेका छन्। प्रहरीका अनुसार उनीहरूले जागिर लगाउने भन्दै प्रलोभन देखाएर भारतमा लगेर ठग्ने र बन्धक बनाई असुली गर्ने समेत गरेका थिए।

अहिले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको बताइएको छ। पछिल्लो समय नेपाल प्रहरीले भारतमा समेत विभिन्न अपरेसन गर्दै अपराधी नियन्त्रणमा लिने क्रम बढाएको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक