भरुवा बन्दुक र लागूऔषधसहित एक दम्पती पक्राउ

Thursday July 9, 2026

पढ्न लाग्ने समय :


महेन्द्रनगर : कञ्चनपुर प्रहरीले भरुवा बन्दुक र लागूऔषधसहित एक दम्पतीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार राति करिब ११ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया, इलाका प्रहरी कार्यालय रैकवार र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कृष्णपुर नगरपालिका–१ पिपरियास्थित जोकराज रानाको घरमा खानतलासी गरेको थियो।

गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा कोठाभित्र लुकाइराखिएको एक थान भरुवा बन्दुक, ०।७८ ग्राम हेरोइन, ८० ग्राम गाँजा, विभिन्न कम्पनीका ८ थान स्क्रिन टच मोबाइल र २ थान कीप्याड मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा कृष्णपुर नगरपालिका–१ का जोकराज राना र उनकी श्रीमती जानकी रानालाई पक्राउ गरिएको छ।

प्रहरीले बरामद भएका सामान नियन्त्रणमा लिई दुवै जनाविरुद्ध लागूऔषध तथा हातहतियारसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।


भर्खर

कैलालीका नदीमा डल्फिनको चहलपहल

घोडाघोडी: नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको चहलपहल बढेको छ। कर्णालीका सहायक नदीअन्तर्गत

सुदूरपश्चिममा रासायनिक मलको अभावमै रोपाई

धनगढी : यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो । लामो समय मल पाउने

शुक्लाफाँटामा बाघको आक्रमणबाट महिला घाइते

धनगढीः कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन्। जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिलाकी एक