‘भक्तपुर महोत्सव २०८१’ मंसिर २८ देखि

Wednesday December 4, 2024

पढ्न लाग्ने समय :


मङ्सिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव २०८१ आयोजना हुने भएको छ । कला र संस्कृतिको संरक्षण र स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका महोत्सवको आयोजना गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ । मुल आयोजक रहेको भक्तपुर नगरपालिकाले क्षेत्रगत रुपमा अन्य स्थानीय तथा सामाजिक संघसंस्थाहरुलाई क्षेत्रका आधारलाई सहआयोजकको जिम्मेवारी दिएको छ ।

महोत्सवले भक्तपुर नगरवासीको आर्थिकोपार्जन गराउने उद्देश्य लिई विभिन्न पेसा र व्यवसायीलाई सहयोग हुने अपेक्षा गरिएको छ । मेला भक्तपुर नगरपालिका–७ महेश्वरीस्थित महेश्वरी खेल मैदानमा हुने भएको छ । भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष एवं आयोजक भक्तपुर युवा टिमका सल्लाहकार उकेश कवांले सिंगो भक्तपुर महोत्सवको मुख्य आयोजक भक्तपुर नगरपालिका भएपनि उपयुक्तता र आवश्यकताअनुसार नगरपालिकाले विभिन्न संस्थाहरुलाई कामको जिम्मेबारी दिइएको जानकारी दिनुभयो । मेलास्थलमा केही दिन अगाडिबाट नै स्टल निर्माण लगायत अन्य कार्यको तयारी थालिसकेको पनि बताउनु भयो ।

आयोजककाअनुसार व्यापार मेलामा झन्डै एक सय स्टलहरु रहनेछन् । तिमध्ये ८० स्टलहरु अगाडि नै बुकिङ भइसकेको आयोजकको दाबी छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको